पूर्वप्रधानमन्त्री थापाको स्वास्थ्यमा सुधार
अचानक भयो : थापा
काठमाडौं, २८ जेठ -
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्यमा ‘क्रमिक सुधार’ भएको छ ।
हृदयाघात भएपछि पूर्वप्रधानमन्त्री थापालाई शनिबार बिहान थापाथलीस्थित
नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी र
राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त कार्यसम्पादन समिति बैठकमा बोल्दै
गर्दा ८६ वर्षीय थापा बेहोस भई ढलेका थिए । मुटु रोगबाट पीडित थापा
उच्चरक्तचापका समेत बिरामी हुन् ।
राष्ट्रिय जनशक्ति पार्टीका सहप्रवक्ता किरण गिरीका अनुसार आइतबार अपराह्न
स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र
राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापासँग पूर्वप्रधानमन्त्री थापाले
‘अचानक यस्तो भयो’ भनेका थिए । “नेताद्वयसँगको भेटमा उहाँले ‘अचानक यस्तो
भयो’ भन्नुभयो,” गिरीले कारोबारसँग भने, “त्यसअघि ईशारामा दोहोरो संवाद
गर्नुहुन्थ्यो ।” शनिबार दिनभर र रातिसम्म थापा अचेत अवस्थामै थिए ।
“उहाँको स्वास्थ्य सुधारोन्मुख छ,” गिरीले कारोबारसँग भने, “चिकित्सककै
सल्लाहमा भेन्टिलेटरबाट समेत ‘सीसीयु’मा सारिएको छ ।” थापालाई चौबीसै घण्टा
चिकित्सकहरूले निगरानीमा राखेर उपचार गरिरहेका छन् । भारतको प्रसिद्ध
मेदान्ता, दि मेडिसिटीका मुटु तथा पेसमेकर विशेषज्ञ डा. नगेन्द्र चौहान,
मेदान्त हार्ट इन्स्टिच्युटका अध्यक्ष डा. आर. आर. कासलीवालसहितको तीन
सदस्यीय टोली थापाको उपचारका लागि काठमाडौं आएको थियो । चिकित्सकहरूले समेत
थापाको स्वास्थ्य सुधारलाई ‘औषधि विज्ञानको चमत्कारिक रूप’ भनेका छन् ।
भारतबाट आएको चिकित्सक र नर्भिक अस्पतालका डा.भारत रावतको संयुक्त टोलीले थापाको शल्यक्रिया गरी मुटुमा पेसमेकर जडान गरेको थियो । थापाका छोरा सुनिलका अनुसार भारतीय चिकित्सक टोलीले ‘अन्तर्राष्ट्रिय स्तरको उपचार भइरहेको’ भन्दै स्वास्थ्यमा सुधार आएको बताएका थिए । “उपचारमा कुनै कमी छैन, केही दिनभित्रै स्वास्थ्यअवस्था सामान्य हुन्छ भन्नुभएको छ,” भारतीय चिकित्सकको भनाइ उद्धृत गर्दै सुनिलले कारोबारसँग भने । दुई साताअघि तान्जिनिया भ्रमणमा गएका सुनिल बुवा बिरामी भएको खबर पाएपछि आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
भारतबाट आएको चिकित्सक र नर्भिक अस्पतालका डा.भारत रावतको संयुक्त टोलीले थापाको शल्यक्रिया गरी मुटुमा पेसमेकर जडान गरेको थियो । थापाका छोरा सुनिलका अनुसार भारतीय चिकित्सक टोलीले ‘अन्तर्राष्ट्रिय स्तरको उपचार भइरहेको’ भन्दै स्वास्थ्यमा सुधार आएको बताएका थिए । “उपचारमा कुनै कमी छैन, केही दिनभित्रै स्वास्थ्यअवस्था सामान्य हुन्छ भन्नुभएको छ,” भारतीय चिकित्सकको भनाइ उद्धृत गर्दै सुनिलले कारोबारसँग भने । दुई साताअघि तान्जिनिया भ्रमणमा गएका सुनिल बुवा बिरामी भएको खबर पाएपछि आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
‘संकटका बेला काम लाग्ने राजनीतिज्ञ’
विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता तथा शुभेच्छुकहरूले राजनीतिक
संक्रमणका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रूपमा थापालाई
चिन्ने गरेका छन् ।
स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका उनीहरूले ‘उपस्थिति पुस्तिका’मा
मार्फत यस्तो बताएका हुन् । पूर्वमन्त्री तथा कांग्रेस नेता तारिणीदत्त
चटौतले अस्पतालमा राखिएको उपस्थिति पुस्तिकामा ‘मूर्धन्य नेताको अहिले
राष्ट्रमा बढी आवश्यकता छ, शीघ्र स्वास्थ्यलाभको कामना’ भनी लेखेका छन् ।
यस्तै कांग्रेसका युवा नेता रामहरि खतिवडाले ‘उहाँ (थापा) नेपाललाई बुझेको
राजनीतिज्ञ हो, यो समय उहाँको आवश्यकता छ’ भनी लेखेका छन् । यस्तै
लोकगायिका तथा समाचारवाचिका कोमल वलीले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै
‘भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु’ भनी लेखेकी छन् ।
थापालाई भेट्न अस्पताल पुगेका प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाह,
अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना तथा नायव महानिरीक्षक विनोद सिंहले
उपस्थिति पुस्तिकामार्फत संयुक्त रूपमा ‘स्वास्थ्यलाभको कामना’ गरेका छन् ।
थापालाई भेट्न आइतबार प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
कीर्तिनिधि विष्ट, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता भीम
रावल, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा अध्यक्ष पशुपतिशमशेर
राणालगायत नेता÷कार्यकर्ता, सुरक्षा निकाय तथा निजामति सेवाका उच्च
अधिकारी, उद्योगी÷व्यवसायी, पेसाकर्मी, कलाकार, साहित्यकारलगायत अस्पताल
पुगेका थिए ।
0 Comments