दूधकाैशिका गाउँपालिका, नेतृत्व र जातीगत स्वार्थ

साेलुखुम्बुकाे सबैभन्दा ठूलाे स्थानीय तहका रूपमा रहेकाे दूधकाैशिका गाउपालिका प्रमुखमा हाम्रै गाउँ (सविक पञ्चन गविस-सेसेल्मु) निवासी असीम राइले माअाेवादी केन्द्रका तर्फबाट निर्वाचित हुदा ज्यादै खुसी, हर्षित र अानन्दित भइएकाे थियाे । एउटै स्कूलका केहीवर्षकाे अन्तरालका ब्याजी समेत हाैँ हामी । निस्वार्थ सहयाेग गर्नलाइ याे पक्ष पनि एउटा कडीका रूपमा रहेकाे थियाे । १० वर्षे द्वन्द्वकालमा माअाेवादीकाे अातंका र सेनाप्रहरीकाे ज्यादतीबाट सबैभन्दा पीडित गाउँ र स्थानीय भएरपनि असीम राइलाइ जिताउँन पञ्चनबासीले माअाेवादीकाे विगतकाे अातंकलाइ सर्लक्क बिर्सेका थिए, हामीले पनि त्यही अनुसार विर्सेका थियाैं । अादरणीय घनश्याम निराैला दाइकाे हत्या र मेरै दाइ राजन दाहाललाइ निर्घात र मरणासन्न हुनेगरी हत्या प्रयास नै गर्ने माअाेवादी र दाइ चुणा दाहाल, अात्मीय साथी दयाराम पराजुली, दाइ साेमप्रसाद पराजुली तथा दाैंतेरी प्रिय मित्र चुवे सार्कीकाे हत्या काका याेगेश्वर काफ्ले, वकलबहादुर कार्की, दाइ फणिन्द्र दाहाल, कमलप्रसाद निराैला, अाेमप्रकाश निराैला लगायतलाइ सेनाप्रहरीले कतिसम्म तडपाए भन्ने कुरा पन्चनबासी सबेलाइ जानकारी नै छ । पूर्व गाविस उपाध्यक्ष तथा तत्कालिन गाउँपञ्चायतका उपप्रधानपञ्च अादरणीय दाइ कृष्ण निराैलाकाे घर सेनाले बम हानेर खरानी नै बनायाे । सेनाप्रहरी र माअाेवादीले पन्चनमा अातंक मच्याएका यी घटन पीडाका प्रतिनिधिमूलक हुन । तर हामीले चुनावमा त्यसलाइ हेरेनाैं । अादरणीय गुरू तथा साेलुखुम्बुका वाैदिक नेता, पूर्व जिल्ला शिक्षा अधिकारी तथा हिमालदर्शन उच्च माविका पूर्व प्राचार्य हुतराज बस्नेत सरलाइ समेत मतदान नगरी असीमलाइ विजयी बनाउन पञ्चनबासीले कुनै कशरत राखेनन ।यसले दलीय भन्दा उच्च स्वार्थ बाेक्ने मान्छे जनप्रतिनिधिमा अाउने हाम्राे विश्वासले हुतराज सरले पञ्चनबाट अपेक्षाकृत मत नपाइ त्याे समर्थन असीमलाइ गएकाे हाे । दलगत र गुटगत स्वार्थभन्दा माथी उठेर माअाेवादी उम्मेदवार बनेका असीम राइलाइ कार्यकारी जनप्रतिनिधिका रूपमा जितायाैं । यसले हामी सबै वर्ग, समुदाय, पेशा र क्षेत्र तथा दलमा अावद्द र अावद्द नभएका सबैले निस्वार्थ मतदान गरेका हुन असीम राइलाइ । यसबारे असीम राइ अाफै जानकार हुनुहुन्छ । सबै पक्षाकाे भावना समेटेर अघि बढ्रने असीम राइकाे मीसन हुनेछ भन्ने हामीले परिकल्पना गरेका थियाैं । गाउँपलिका प्रमुखमा विजयी भएपछि असीम राइमाथी अाइपरेका समस्या र चुनाैतीलाइ सामना गर्न पनि हामीले धेरथाेर सहयाेग र सदभाव तथा सहानुभूती राखेकै हाैं । याे पनि दूधकाैशिका गाेँउपालिका धेरैजना दाजुभाइ दिदिबहिनीलाइ अवगत नै छ । निर्वाचन सम्पन्न भएपछि र निर्वाचित भएपछि असीम राइमाथी केही व्यवधान पनि अाइपरे, त्यसकाे पनि सामुहिक पहल र असीम अावद्द दलकाेविशेष पहलबाट त्याे पनि समस्या समाधान भयाे । तर, त्यसपछिका दिनमा असीम राइबाट जुन अपेक्षा राखेका थियाैं त्यमा उहाँले कुठाराघात मात्रै गर्नु भएन, हामीले दिएकाे समर्थन र मतकाे खिल्ली उडाउँदै दूधकाैशिका गाउँपालिकाकाे नाम नै कुनै खास जाती र समुदाय विशेषकाे स्वर्थ पूरा गर्ने अाधारमा नामाकरण नै थुलुङदूधकाैशिकागाउँपालिका प्रस्ताव गरियाे । असीम राइकै प्रस्तावलाइ जिल्ला समन्वय समितिले पनि सदर गरेर केन्द्रमा पठाएकाे भन्ने अहिलेसम्मकाे जानकारी छ । याे अापत्तिजनक छ । यसमा म लगायत उहाँलाइ समर्थन गर्ने पञ्चनबासी युवावर्ग सबैकाे विराेध हुने छ । पन्चनमा दवाव सामना गर्न नसकेका निर्धाहरू त बाेल्दैनन हाेला, तर केन्द्रमा त्याे दवाव र हर्कत मान्यहुँनेवाला छैन । असीम राइलाइ यदि पहिलेकै नामाकरण फिर्ता भएन र फिर्ता लिने प्रस्ताव गरिएन भने सामुहिक विराेध, सामुहिक दवाव र यस्ताे हर्कतमा संलग्नलाइ सामुहिक रूपमा असहयाेग गर्ने पनि मेराे स्पष्ट धारणा र मीसन छ । नाम फेर्ने प्रस्तावकले नै एकपटक दूधकाैशिका सम्वद्द पन्चन, काँगेल, नेले, मुक्ली, देउसा, जुवु र लाेखिमकाे जाती र भूगाेलकाे अध्ययन गर्दा हुन्छ । जातीगत प्रतिनिधित्वकाे अध्ययन गर्दा हुन्छ ? थुलुङकाे जातीगत नामाकरण गर्दा अरू समुदायकाे भावनाबारे एकपटक साेध्नु पर्दैन ? तपाइलाइ जिताउने जाेजाे अभियानमा लागे, एकपटक विचारविमर्स गर्नु पर्दैन ? खाेलाे तराे, लाैराे विर्सियाेभ न्ने उखानकै लागि हाे तपाइलाइ सहयाेग गरेकाे ?

जातीगत राजनीति गर्नेकाे भविश्य यदि असीम राइ सरले खाेज्नुभएकाे हाे भने उहाँलाइ अहिलेकै गाउँपालीका मात्रै निर्णायक हाेइन, प्रदेश र संघकाे चुनावमा हामीले बाेकेकाे भावनाकाे कदर गर्ने पार्टी र नेता मार्फत सशक्त रूपमा चुनाव प्रचारप्रसारमा गएर जातीवादीलाइ हराउन लागिपर्न सकिन्छ । मेराे विनम्र अनुराेध अादरणीय असीम राइ दाइलाइ याे छ की तपाइले गर्नु भएकाे याे प्रस्ताव फिर्ता लिएर सबै जातधर्रम, समुदाय र पेशाम अावद्दहरूकाे भावना कदर गर्नुहाेस । समय घर्केकाे छैन । त्यसाे गर्नुभएन भने बाध्यभए तपाइ विरूद्द असहयाेग अान्दाेलन गर्नुपर्ने हुन्छ । यसप्रति अादरणीय दाइ हरीध्वज राइ दाइकाे पनि विशेष पहल हाेस । तपाइहामी कुनै दलकाे हनुमान हुन अावश्यक छैन । भएका, देखेका र भाेगेका कुरा गर्न कसैले कसैलाइ बन्देज छैन । याे मीसनमा लाग्दा अाइपर्ने सबै चुनाैतीकाे सामना गर्न म लगायत जातीगत भन्दा माथी साेच्ने दाजुभाइदिदिबहिनी तयार छाैं । अव डरत्रास, धम्की र अाश्वासनले न राजनीति अघि बढ्छ, न राजनीतिज्ञकाे सेवा नै सफल हुन्छ । त्यसैले अाम दूधकाैशिका गाउपालिकाका दाजुभाइदिदिबहिनी, मतदाता तथा समस्त बर्गहरूमा मेराे विशेष अपील र अाग्रह छ, नामाकरण पहिलेकै ठीक छ, यसैमा तपाइहाम्राे प्रतिष्ठा, इमान र इज्जत छ । प्रस्तावित नामाकरणबाट मेरा प्रिय थुलुङ समुदायका मित्रहरूपनि सन्तुष्ट हुनुहुन्न, अली माथी उठेर हेर्ने र चाैडा छाती बनाएर हेर्ने सबैकाे भावना सबैकाे लागि र सबैकाे मानसम्मान हुनेखालकाे नाम हुनुपर्छ, दूधकाैशिकाले त्यसले प्रतिनिधित्व र अादरसम्मान गर्छ । मेराे याे अाह्वानमा साथ, सहयाेग र समर्थन गर्नुहुने छ भन्ने विशेष अपेक्षा र अाग्रह गर्दछु

(मातृका दाहाल: दूधकाैशिका गाउँपालिका वडा नम्बर ३ (साविक पञ्चन गाविस-१) साेलुखुम्बु, हाल काठमाडाैं, सम्पर्कः ९८४१६६९७००, पेशा पत्रकारिता, अावद्द संस्थाः काराेबार दैनिक, वुद्दनगर काठमाडाैं)

Post a Comment

0 Comments