लागूऔषधको अवैध कारोबार - वार्षिक अर्बौं रकम बिदेसिँदै


Name
मातृका दाहाल
लागूऔषधको अवैध कारोबारबाट बर्सेनि अर्बौ रुपैयाँ बिदेसिने गरेको छ । संगठित गिरोहले विदेशबाट भिœयाएको ठूलो परिमाणको महँगो प्रतिबन्धित लागूऔषधको भुक्तानी गर्दा यसरी रकम बाहिरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।  लागूऔषध कानुन कार्यान्वयन एकाइ महाशाखाका एसएसपी नवराज सिलवालले पछिल्ला तीन वर्षमा मात्र भारत, पाकिस्तानलगायत अन्य मुलुकबाट भिœयाइएको झन्डै १ अर्ब बराबरको लागूपदार्थ प्रहरीले बरामद गरेको बताए । बरामद लागूपदार्थमध्ये चिकित्सा विधिबाट प्रयोग हुने ३० करोड रुपैयाँभन्दा बढीका छन् । त्यस्तै हेरोइन, चरेस तथा क्याप्सुललगायतको परिमाण ५० करोड रुपैयाँभन्दा बढी छ । लागूपदार्थ कारोबारीहरूले करोडौंको गाँजा, भाङ, चरेसबाहेक अफिम, हेरोइन, डाइजेपाम, ब्रुफिनर्फिन, फिनगर्नलगायतका प्रतिबन्धित लागूऔषध भिœयाउने गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गिरोहले हेरोइन र चिकित्सा माध्यमबाट प्रयोग हुने सबै प्रकारका लागूपदार्थ तेस्रो मुलुक हुँदै भारतबाट नेपाल भिœयाउने गर्छन् ।  लागूपदार्थ कारोबारमा एसिया, अफ्रिका र केही युरोपेली मुलुकका तस्कर संलग्न छन् । तेस्रो मुलुकमा खरिद गरी हवाई मार्ग हुँदै नेपाल भिœयाउने गरिन्छ । महँगा लागूपदार्थ योनी, गुदद्वार, पेट तथा शरीरका विभिन्न अंगमा लुकाएर ल्याइन्छ ।  सन् २००९ यता मात्रै प्रहरीले देशभरबाट ४ हजार ५ सय ४४ लागूपदार्थ कारोबारीलाई पक्राउ गरेको छ, जसमध्ये ३ सय ३५ विदेशी नागरिक छन् । पक्राउ परेका अभियुक्तहरूका साथबाट प्रहरीले करिब ११ हजार किलो गाँजा, ६९ हजार ६ सय किलो भाङ, ७१ किलो सेतो÷खैरो हेरोइन, ३ सय १० किलोभन्दा बढी अफिम र २३ किलो अन्य लागूपदार्थको धूलो बरामद गरेको छ ।  सोही अवधिमा प्रहरीले चिकित्सा विधिबाट प्रयोग गरिने प्रतिबन्धित लागूऔषध डाइजेपाम र ब्रुफिनर्फिन झन्डै ३ लाख पिस बरामद गरेको छ । एक पिस डाइजेपाम वा ब्रुफिनर्फिनको अवैध बजारमूल्य ३ देखि ७ सय रुपैयाँसम्म पर्ने प्रहरी बताउँछ । प्रतिखुराक खैरो हेरोइनको अवैध बजार मूल्य न्यूनतम ५ सयदेखि २ हजार र प्रतिग्राम सेतो हेरोइनको १० हजार रुपैयाँसम्म पर्छ ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार लागूपदार्थ तस्करी नियन्त्रणका अनेक प्रयासका बाबजुद प्रभावकारी हुन नसकेको छैन । प्रहरीलाई यस्तो कारोबार नियन्त्रण गर्न आवश्यक आधुनिक प्रविधिका उपकरण र अन्य स्रोत÷साधन अभाव छ । तस्करहरूले त्रिभुवन विमानस्थललगायत अन्य सीमा नाकामा कमजोर सुरक्षाको फाइदा उठाउँदै यसको ओसार–पसारलाई बढावा दिँदै आएका छन् । एसएसपी सिलवाल भन्छन्, “सीमित साधन स्रोतको बलमा नियन्त्रणको प्रयास अपर्याप्त भएकैले यसको अवैध कारोबारमा कमी आएको छैन ।”  उनका अनुसार झन्डै ८० हजारदेखि १ लाख नेपाली लागूऔषध कुलतमा फसेका छन् । जबकि २०६६ सालसम्म यो संख्या ६० हजारको हाराहारीमा थियो । सिलवाल भन्छन्, “यस्ता महँगा लागूऔषध सामान्य आयआर्जन भएका आम नेपालीले प्रयोग गर्ने÷नगर्ने भन्दा पनि नियन्त्रणका लागि राज्यको प्राथमिकता छ वा छैन भन्ने प्रश्न मुख्य हो ।”  बढ्दो दुव्र्यसनी, कारोबारी संख्यालगायत परिमाणको बरामदीले नेपाल पनि लागूपदार्थ प्रभावित मुलुककै वर्गमा पर्ने भन्दै उनले प्रभावकारी नियन्त्रणका लागि राज्य संवेदनशील हुनुपर्ने बताए ।  नेपालबाट हवाईमार्ग हुँदै तस्करहरूले जर्मन, अमेरिका, क्यानडा, जापानलगायत देशमा लागूपदार्थ निर्यात गर्ने गरेको प्रहरीको दाबी छ । यसको कारोबारले सामाजिक, राजनीतिकलगायत राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पर्ने हुँदा नियन्त्रण गर्न राज्यको स्पष्ट नीति तथा कार्यक्रम हुनुपर्ने सिलवालले बताए ।  नेपालबाहेक तेस्रो मुलुकमा उत्पादन हुने १ सय ग्रामदेखि माथिको लागूऔषधजस्तै खैरो तथा सेतो हेरोइन तथा अन्य प्रतिबन्धित औषधिजन्य लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई ६ महिनादेखि २० वर्ष कैद वा २५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने प्रावधान छ ।
 

Post a Comment

0 Comments