औषधि पसलबाट लागूऔषध कारोबार
मातृका दाहाल
काठमाडौं, २२ माघ
राजधानीका विभिन्न औषधि पसलबाट लागूऔषध कारोबार हुने गरेको पाइएको छ ।
प्रयोगकर्ता र ओसार–पसारमा संलग्न गिरोहसँग मिलेर औषधि पसलेले लागूऔषध
कारोबार गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलासा भएको हो । प्रहरीका अनुसार
औषधि पसलेले लागूऔषध बिक्रीबापत ३० देखि ५० प्रतिशतसम्म नाफा लिने गरेका
छन् ।
तथ्यांकका अनुसार राजधानीमा झन्डै ३ हजार औषधि पसल सञ्चालनमा छन् । औषधि
पसल खोल्न ‘फार्मेसी काउन्सिल’बाट ‘बी–फर्मा’ उत्तीर्ण गरेको हुनुपर्छ ।
“हाम्रो अनुसन्धानले औषधि पसलबाटै अवैध लागूऔषध कारोबार हुने गरेको खुलेको
छ,” लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ प्रमुख प्रहरी नायब
महानिरीक्षक (डीआईजी) यादव अधिकारीले भने, “हामी त्यस्ता पसल र संलग्न
गिरोहको पहिचान गर्ने क्रममा छौं ।”
कपुरधारामा औषधि पसल सञ्चालन गर्दै आएका अर्घाखाँचीका मदनप्रसाद भट्टराई
पक्राउपछि यसको रहस्य खुलेको हो । माघ १९ गते भट्टराईसहित धापासीका
पुष्पलाल श्रेष्ठ र नीरज थापा पक्राउ परेपछि प्रहरीले औषधि पसलहरूमा
निगरानी बढाउँदै लगेको डीआईजी अधिकारीले बताए ।
“राजधानीका औषधि पसल लागूऔषध ओसार–पसार र किनबेचका लागि सुरक्षित थलोका
रूपमा प्रयोग हँुदै आएको भेटिएको छ,” एकाइका वरिष्ठ उपरीक्षक (एसएसपी)
नवराज सिलवालले भने, “औषधि पसलका नाममा अवैध धन्दा गर्ने ती गिरोहलाई
नियन्त्रणमा लिन हामीले संयन्त्र परिचालन गरिसकेका छौं ।”
प्रहरीका अनुसार सेतो/खैरो हेरोइन, बु्रपिनर्फिन, डाइजेपामलगायत प्रतिबन्धित लागूपदार्थ औषधि पसलबाट किनबेच हुने गरेको छ ।
“औषधि पसलेले रातको समयमा लागूऔषधको कारोबार गर्ने गरेको पाइएको छ,” सिलवालले भने, “मेडिकल क्षेत्रलाई नै बदनाम गराउने गरी भएका त्यस्ता गिरोहका गतिविधि नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दैनौं ।”
केही दिनअघि मात्रै प्रहरीले अवैध बजार मूल्य ६५ लाख ६० हजार मूल्य पर्ने लागूऔषधसहित ६ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । राजधानी भिœयाउन लागेको अवस्थामा माघ १६ गते बाँडभञ्ज्याङबाट ५ सय केजी चरेससहित मकवानपुरका राजकुमार रुम्बा, दिनेशकुमार रुम्बा, हीरालाल नेगी र विशाल रुम्बा पक्राउ परेका थिए । सोही दिन प्रहरीले गौरबाट राजधानी आउने क्रममा ना.४ ख ६१३४ नम्बरको न्यु ज्वाला यातायात र सोही बसका खलासी रामप्रवेश यादवलाई स्वयम्भूबाट ३ हजार ८ सय थान एम्पुलसहित पक्राउ गरेको थियो । त्यसैगरी, माघ २० गते राजधानीको तीनकुनेबाट ना.३ ख ६३०५ नम्बरको पेट्रोल बोक्ने ट्यांकरसहित ४ हजार थान एम्पुल बरामद भएको थियो । बरामद लागूऔषधको अवैध बजार मूल्य ६५ लाख ६० हजारभन्दा बढी पर्ने प्रहरीको दाबी छ । एकाइका अनुसार भक्तपुर र काभ्रेलाई लागूऔषध ओसार–पसारमा संलग्न गिरोहले आफ्नो आश्रयस्थल बनाउँदै आएका छन् । तस्करहरूले नेपालको हवाई–मार्ग हुँदै युरोप, अमेरिका र एसियाका केही मुलुकमा लागूऔषध कारोबार गर्ने गरेका छन् । प्रहरीले तीन वर्षमा लागूऔषध कारोबारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ । सन् २००९ यताको तथ्यांकका अनुसार देशभरबाट १ सय ७ गरी विदेशी नागरिकसहित ४ सय ६० लागूऔषध ओसार–पसारमा संलग्नहरू पक्राउ परेका हुन् । जसमध्ये ५० जनाको हाराहारीमा महिला छन् । उक्त अवधिमा प्रहरीले अभियुक्तको साथबाट ३ हजार ८ सय २३ केजी गाँजा, ३६ केजी हेरोइन, २ सय ६० केजी अफिम, करिब ७२ हजार थान एम्पुल तथा ३ केजी चरेस बरामद गरेको छ । बरामद लागूऔषधको अवैध बजार मूल्य १ अर्ब रुपैयाँ हाराहारीमा पर्छ । गाँजा, चरेस र अफिम नेपालमै उत्पादन हुन्छ । प्रहरीका अनुसार तस्करहरूले ठूलो रकम तिरेर एम्पुल र हेरोइन भारत तथा तेस्रो मुलुकबाट आयात गर्छन् । जसबाट बर्सेनि अर्बौं रकम बिदेसिने गरेको छ ।

0 Comments