बबरमहल बम विस्फोटका मुख्य योजनाकार पक्राउ

विराटनगर,
१३ असार-
राजधानीको बबरमहलको मुख्य प्रवेशद्वारमा तीनजना सर्वसाधारणको
ज्यान जानेगरी बम विस्फोटन गराउने समूहका मुख्य योजनाकारलाई प्रहरीले
पक्राउ गरेको छ ।
बबरमहलमा बम विस्फोट गराइ फरार रहेका देवराज लामा भनिने राजकुमार तामाङलाई
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायव उपरीक्षक भीम
दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाको करिब ५
महिनापछि पाँचथरको लुङरूपा–२ भुसपातेबाट मंगलबार राति उनलाई पक्राउ गरेको
हो । यो स्थान भारतको सिक्किमसँग सिमाना जोडिएको अत्यन्तै विकट लेकमा पर्छ ।
तामाङ नेपाल प्रहरीको सर्वाधिक खेजीको सूचीमा रहेका थिए । “कहिले नेपाल
पस्ने त कहिले सिक्किम जाने गरिरहँदोरहेछ,” दाहालले भने, “यतिसम्म चलाख कि
आफूले प्रयोग गरेका मोबाइलका सिमसमेत अर्कै व्यक्तिलाई दिएर लोकेसन चेन्ज
गर्दा रहेछन् ।”
पक्राउ परेका लामालाई पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा बुधबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिको आधिकारिक नाम राजकुमार तामाङ भए
पनि देवराज लामा, विश्वक्रान्ति र नेल्सन नामबाट अपराध गर्दै आएको पाइएको छ
। पछिल्लोपटक नेल्सन नामबाट पूर्वाञ्चलको पहाडी जिल्लामा संगठन विस्तार
गरी पाँचथर, ताप्लेजुङ र इलाम, झापा, सुनसरीलगायतका जिल्लामा बम विस्फोट
गराउने तयारी गरिरहेको प्रहरीको दाबी छ । पाँचथरमा संगठन विस्तार गरिसकेको
पूर्वक्षेत्रका प्रहरी प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाहले बताए । धनकुटा
चुङमाङ–१ हिले स्थायी घर भएका तामाङ संयुक्त जातीय मोर्चाको प्रवक्ता र
विदेश विभाग प्रमुख रहेको बताइएको छ । “केही दिन पक्राउ गर्न नसकिएको भए
पूर्वाञ्चलमा पनि ठूलै घटना घटाउने योजना बनाइरहेको रहेछ,” डीआईजी शाहले
भने, “विशेष गरी पूर्वमाओवादी लडाकु तथा किराँत जनवादी वर्कसलगायतका जातीय
पार्टीका कार्यकर्ताहरूलाई समेटी सशस्त्र गतिविधि गरिरहेको पाइयो ।”
तामाङका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने गन्धक २ किलो, सोडा १५
किलो, सोडा र गन्धक मिसाएको २ किलो, मोबाइल २ थान, एटीएम कार्ड ३ थान,
कम्ब्याट डे«ेस, बैठकका माइन्युटलगायतका सामग्रीसमेत बरामद गरेको छ ।
यसभन्दा अघि पनि धादिङ, उदयपुर, ओखलढुंगा, झापा, पाँचथरलगातका जिल्लामा
दर्जनौं बम विस्फोटको घटनामा संलग्न भएको प्रहरीको दाबी छ ।
गत फागुन १५ गते नेपाल आयल निगम केन्द्रीय कार्यालय बबरमहलको मुख्य
प्रवेशद्वारमा बम विस्फोट गराउँदा धादिङका कृष्णबहादुर तामाङ, वीरबहादुर
लामा र लालबहादुर तामाङको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी व्यक्ति
घाइते भएका थिए ।
को हुन् देवराज लामा ?
तीनजनाको ज्यान जानेगरी आयल निगम अगाडि भएको बम विस्फोटमा मुख्य योजनाकार विश्वक्रान्ति भनिने देवराज लामा यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए । धनकुटा नगरपालिका–१ हिलेबजारका ३७ वर्षीय लामा संयुक्त जातीय मुक्तिमोर्चाका सचिव तथा रामराजाप्रसाद सिंह अध्यक्ष रहेको नवजनवादी मोर्चाका नेता हुन् । प्रहरीका अनुसार राजधानीमा शृंखलाबद्ध बमविस्फोट, अपहरण, चन्दा÷फिरौती असुलीलगायत गतिविधिमा पनि उनका संलग्नता छ । आपराधिक गतिविधिमै संलग्न भएको अभियोगमा उनले झन्डै १ वर्ष कारागार सजाय भोगिसकेका छन् । २०६७ असार ९ गते बौद्धबाट पक्राउ परेका लामालाई हातहतियार तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत १५ हजार धरौटी मागिएकामा बुझाउन नसकी कारागार चलान गरिएको थियो । मंसिरमा मात्रै उनी जिल्ला कारागार धादिङबाट मुक्त भएका हुन् । २०६७ फागुनमा कमलादीस्थित राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयता विरोधी कार्यक्रममा समेत उनकै निर्देशनमा बम विस्फोट गराइएको थियो । यस्तै २०६६ मंसिर १३ गते बालुवाटारस्थित राप्रपा नेपालको कार्यालयमा गराइएको सकेटबम विस्फोटको जिम्मा पनि उनले लिएका थिए ।

0 Comments