डिफिड, डेनिडा र प्रहरी
बेलायती सहयोग नियोग (डिफिड) र डेनमार्कको अन्तर्राष्ट्रिय विकास सहयोग संस्था डेनिडाले नेपाल प्रहरीलाई करिब १ अर्ब अनुदान सहयोग सम्झौता भएको छ । नेपालका दुई ठूला सहयोगी देशले हालका दिनमा जातिगत द्वन्द्व बढाउने कार्यमा सहयोग पु¥याइरहेको भन्ने आरोप एक पक्षबाट लागिरहेको अवस्थामा नेपाल प्रहरीको प्रवद्र्धन कार्यमा अहिलेसम्मकै ठूलो अनुदान आउनु सुखद आश्चर्य भएको छ । यो सहायता रकम तीनवर्षे कार्यक्रमअन्तर्गत खर्च हुनेछ भने त्यसका लागि नेपाल प्रहरीको मानव–स्रोत विकास विभागका प्रमुखको संयोजकत्वमा शीर्षक र कार्यक्रम छनोट बोर्ड बनाइएकोे छ । तर, प्रहरीले यो कार्यमा ज्यादा मेहनत गर्नुपर्ने अवस्था भने छैन, किनभने डिफिडले आफ्नो सहयोग कहा“ जान्छ भनेर पहिलेदेखि नै प्रस्ट पारेको छ । डिफिडको वेबसाइटका अनुसार सो सहयोग सामरिक योजना निर्माण (विशेषतः संघीयतामा जाने तयारीका लागि महत्वपूर्ण), अपराध अनुसन्धान, पीडितहरूको सहयोग तथा पुलिस र जनताको पारस्परिक सम्बन्ध अभिवृिद्ध गर्नका लागि खर्च गरिनेछ । त्यस्तै डेनिडाको सहयोग पनि अपराध अनुसन्धान र जनस्तरको सम्बन्ध सुधार्न खर्च गरिनेछ । नेपाल प्रहरी हालका दिनमा संगठनको आधुनिकीकरणमा लागिपरेको छ । यो क्रममा डिफिड र डेनिडाको सहयोगले बल पु¥याउनेछ । प्रहरीको आधुनिकीकरणका लागि सबैभन्दा महत्वपूर्ण प्रविधि र सञ्चार नै हो । अपराध जगत्ले सधंै प्रहरीले समाउन नसक्ने नयाँ–नयाँ प्रविधि प्रयोग गरिरहेको हुन्छ । आधुनिक अपराध र यो नियन्त्रणमा सधंै प्रविधिको द्वन्द्व चलिरहेको हुन्छ । त्यसैले नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने प्राविधिक क्षमता बढाउन अत्यन्त जरुरी छ । प्रहरीको सबैभन्दा सशक्त हतियार भनेको सञ्चार हो । प्रहरीले सही सूचना समयमै पाउन सक्यो भने अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्छ, त्यसैले प्रहरीको क्षमता अभिवृद्धिका लागि सञ्चार अत्यन्त महत्वपूर्ण क्षेत्र हो । प्रविधि र सञ्चार दुवैका लागि मानव संसाधन विकासमा ध्यान दिनुपर्छ । प्रविधि बुझ्न र प्रयोग गर्न मानवीय शक्तिको जरुरी हुन्छ । नेपाल प्रहरीमा प्रविधि र सञ्चार विशेषज्ञलाई विशेष महत्व दिनु आवश्यक देखिन्छ । अनुसन्धान र विकासका लागि पनि विशेष कार्यक्रम बनाएर अगाडि बढ्न यो क्षेत्रमा पनि लगानी गर्नुपर्ने हुन्छ । प्रहरीले नया“ कार्यक्रम बनाउ“दा ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा विपत्ति व्यवस्थापनमा पनि विशेष जोड दिनुपर्ने छ । तर सबैभन्दा महत्वपूर्ण प्रहरी मनोबलको हो । नेपाल प्रहरीमा कार्यरत ६० हजार प्रहरी अधिकृत र प्रहरी जवानमध्ये अधिकांशको एउटै समस्या छ, कसरी बढीभन्दा बढी कमाउने, कसरी राम्रो ठाउ“मा सरुवा हुने र कसरी सोख–सयल गर्ने ? नेपाल प्रहरीका उच्च अधिकृतहरूले कहिल्यै प्रहरीको मनोबल उच्च पार्ने, जनताको सच्चा सेवक बन्ने र इज्जत अभिवृद्धि गर्ने कार्यमा आफ्ना मातहतका अधिकृत र जवानलाई प्रोत्साहित गर्न सकेका छैनन् । अझ उनीहरू आफंै मन्त्री र सचिवलाई बीसौं लाख घूस खुवाएर आफ्नो पदोन्नति गराउन दौडन्छन्, राजधानी काठमाडौंका कमाइ हुने आकर्षक भनेर चिनिएका केही प्रहरी प्रभाग र उपत्यकाबाहिरका आर्थिक गतिविधि हुने ठाउँमा प्रहरी अधिकारी सरुवाका लागि लाखौं रुपैयाँको लेनदेन हुने गरेको छ । यस्ता अधिकृतले मातहतकालाई स्वच्छ बन भनेर कहिल्यै भन्न सक्दैनन् । उनीहरू त तलबाट पैसा लिएर आफ्नो खर्च उठाउनमा नै व्यस्त हुन्छन् । अहिले नेपाल प्रहरीमा देखिएको यो एउटा डरलाग्दो रोग हो । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूलाई भ्रष्टाचार अभियोगमा विशेष अदालतले दण्डितसमेत गरिसकेको अवस्था छ । डिफिड र डेनिडाले यस्ता विसंगतिको विशेष अध्ययन र अन्त्यका लागि सहयोग पु¥याउन सके नेपाल प्रहरी साँच्चैको अन्तर्राष्ट्रिय स्तरको र जनताको सच्चा सेवक हुन सक्नेछ ।
0 Comments