५६ लाखको खैरो हेरोइन बरामद
मातृका दाहाल
काठमाडौं, २३ जेठ
६ वर्षीय अबोध बालिका लागूऔषधको अबैध कारोबारमा संलग्न भएको सुन्दा जो कोहीलाई पनि आश्चार्य लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । यो सत्य हो । भारत मोतिहारी जिल्ला स्थायी घर भई बीरगञ्जमा डेरामा बस्दै आएकी गीता देवि पटेल(कुर्मी) र उनकी ६ वर्षीय छोरी अनितालाई ६ सय १४ ग्राम खैरो हेरोइन सहित प्रहरीले राजधानीबाट पक्राउ गरेको हो । आफ्नी छ वर्षीय अबोध छोरीलाई बोकाएर गिरोह समक्ष पुर्याउान लागेको खैरो हेरोइन सहित उनी कलंकीबाट पक्राउ परेकी हुन् । प्रहरीका अनुसार बरामद लागूऔषधको अबैध बजारमूल्य झण्डै २८ हजार पर्छ । कलंकी स्थित मूल सडकको छेउबाट पक्राउ परेकी गीताले आफूभन्दा झण्डै २०–२५ मिटर अगाडी रहेकी छोरीलाई हर्लिक्सको सीसा र नुहाउने साबनको खोलभित्र राखेर खैरो हेरोइन बोकाएकी थिईन । “आफू पछिपछि लागेर अबोध छोरीलाई लागूऔषध बोकाएको अवस्थामा हामीले ती महिलालाई पक्राउ गरेका हौं,” एकाईका प्रहरी नायव महानिरीक्षक(डिआईजी) यादव अधिकारीले भने, “यो सीमा पारीबाटै गरिएको योजना हो, यसले लागूऔषध नियन्त्रण र अनुसन्धानमा पाठ सिकाएको छ ।” प्रहरीले नेपालमा लामो समयदेखि लागूऔषध भित्र्याउादै आएको गिरोह मध्येका अन्य तीनजनालाई पनि काठमाडौंबाट पक्राउ गरेको छ । बीरगञ्जका आकाश भनिने मतलुब अन्सारी र अनवरत अन्सारी थानकोट(त्रिभुवन पार्क)बाट १ सय २५ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका हुन् । यस्तै भारत मोतिहारीकै कृष्ण साहा तुरहालाई मंगलबार ३ सय ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सबै भारतीय एउटै गिरोह मार्फत परिचालन भएका व्यक्ति हुन् । पक्राउ अभियुक्तबाट बरामद हेरोइनको अबैध बजारमूल्य झण्डै ५६ लाख पर्ने प्हरी बताउाछ । डिआईजी अधिकारीले अबोध बालिका मार्फत संगठित गिरोहले ‘ईमोशनल ब्ल्याक मेलिङ’को नयाा रणनीति अपनाएको बताए । प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) नवराज सिलवालका अनुसार प्रतिवन्धित लागूऔषध खरिदमा गिरोह मार्फत बार्षिक करोडौं रकम बिदेसिने गरेको छ । “भारत र नेपालमा सक्रिय गिरोह मार्फत बर्षेनी नेपालबाट करोडौं रकम विदेसिने गरेको छ ।” सिलवालले भने, “लागूऔषध नियन्त्रणमा राज्य गम्भीर भएन भने भोलीका देशको अर्थतन्त्र गिरोहको नियन्त्रणमा जाादैन भन्न सकिदैन ।” लाई नै समस्या पार्नसक्छ ।” लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय रहेपनि दिनदिनै नेपालमा यसको बजार बिस्तार हुादै गएको एसएसपी सिलवाल स्वीकार्छन् । “जति मात्रामा हामीले लागूऔषध बरामद गर्दै आएका छौं, सोही अनुपातमा यसको बजार पनि बिस्तार हुादै गएको छ ।” सिलवाल भन्छन्, “जसले गर्दा धनाड्य तथा युवा बर्ग आपराधिक मानसिकता तर्फ उन्मूख हुादै गएका छन् ।” प्रहरी स्रोतका अनुसार भारतको रक्सौलमा भााडा पसल गर्दै आएका ईमाम र सञ्जय मार्फत नेपालमा लागूऔषध भित्रने बीरगञ्ज, बिराटनगर, नेपालगञ्ज, कााकडभिट्टा तथा भारतीय सीमाना जोडिएका क्षेत्र तथा राजधानी लागूऔषध ओसार–पसारमा ट्रान्जिट पोइन्ट बनेको प्रहरीको निष्कर्ष छ ।
0 Comments