सुरक्षाकर्मीका श्रीमती पनि निगरानीमा


‘ढुकुटी कारोबार’ नियन्त्रण गर्न प्रधान कार्यालयको ‘परिपत्र’
मातृका दाहाल
काठमाडौं, ३० जेठ (
 प्रहरी प्रधान कार्यालयले ‘ढुकुटी कारोबार’ नियन्त्रण गर्न देशभरका प्रहरी युनिटलाई परिपत्र जारी गरेको छ । उच्च प्रहरी अधिकारीका श्रीमती नै ढुकुटी कारोबारमा सक्रिय रहेको भन्दै प्रहरीले निगरानी बढाएको छ । नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र गृहमन्त्रालयसँग परामर्श गरी प्रधान कार्यालयले उपत्यकमा सहित देशभर ढुकुटी कारोबार नियन्त्रण गर्न ‘आन्तरिक परिपत्र’ जारी गरेको हो । ढुकुटी खेलाउने नाममा वित्तीय अपराधका घटान बढ्न थालेपछि प्रहरीले यस्तो रणनीति अपनाएको जनाएको छ ।  प्रहरी स्रोतका अनुसार ‘ढुकुटी कारोबार’मा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका श्रीमती नै संलग्न छन् । यस्तै अन्य ‘धनाढ्य परिवार’का महिलाहरू पनि यो अवैध कारोबारमा संलग्न छन् । ढुकुटीमा रकम फसेपछि पीडित पक्षले जग्गा कारोबार, ‘चेक बाउन्स’ आपसी झगडालगायत विषय राखेरसमेत प्रहरीसमक्ष उजुरी दिने गरेका छन् । ँढुकुटी कारोबारमा सेना र प्रहरीका श्रीमती तथा घराना परिवारका सदस्य संलग्न रहँदै आएको हाम्रो अनुसन्धानले देखाउँछ,” प्रहरी अधिकारीले कारोबारसँग भने, ँयस्तो गैरकानुनी आर्थिक लेनदेनले समाजमा विकृति फैलाउनुका साथै अपराधलाई समेत बढावा दिएकाले नियन्त्रण गर्न हामीले परिपत्र जारी गरेका हौं ।” ढुकुटी नियन्त्रण अभियानमा सक्रिय एक प्रहरी अधिकारीका अनुसार लिखित उजुरी नआए पनि सेना र प्रहरीका उच्च अधिकारीले नै ढुकुटी विवादबारे मौखिक उजुरी दिने गरेका छन् ।  ँलिखित निवेदन आउँदा हल्ला हुने डरले सेना र प्रहरीका श्रीमान्ले मौखिक उजुरी दिने गरेका छन्,” स्रोतले भन्यो ।  काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक ९एसएसपी० जयबहादुर चन्दका अनुसार एक सातामा एक जनाले २ लाख ५० हजारसम्म ढुकुटीमा रकम जम्मा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । ँएक सातामा प्रतिव्यक्ति २ लाख ५० हजारसम्म पैसा जम्मा हुने गरेको गोप्य सूचना हामीले पाएका छौं,” एसएसपी चन्दले कारोबारसँग भने, ँत्यस्ता व्यक्ति, समूह तथा संस्थाको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरी संयन्त्र परिचालन भएको छ ।” प्रधान कार्यालयले उपत्यकाका तीनवटै जिल्लामा ढुकुटी कारोबारीको ‘गोप्य अभिलेख’ तयार पारी विवरण पेस गर्न समेत निर्देशन दिएको छ ।  काठमाडौं प्रहरी परिसरका अर्का अधिकारी ढुकुटी कारोबारमा संलग्नबीच आपसी विवाद हुँदा राजधानीमा आत्महत्या गर्नेको संख्या बढेको दाबी गर्छन् । ँढुकुटी कारोबारमा फसेपछि घरपरिवार बिग्रँदै जाँदा आत्महत्यासमेत हुने गरेको पाइएको छ,” ती अधिकारीले भने, ँत्यसबाहेक ढुकुटी कारोबारीबीचको विवादले अपहरण, धम्की, ठगीलगायत रूप लिएको छ ।” राष्ट्र बैंकको स्वीकृतिबिना कुनै पनि व्यक्ति वा संस्थाले आर्थिक कारोबार गर्न पाइँदैन, तर अहिले ढुकुटीमा मात्रै झन्डै ५ अर्बको कारोबार हुने गरेको प्रहरीको अनुमान छ ।  नेपाल राष्ट्रबैंक ऐनको दफा ७६ अनुसार राष्ट्रबैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रभाव गर्न पाइँदैन । ढुकुटीलाई समेत राष्ट्रबैंकले अनधिकृत कर्जा प्रभाव तथा निक्षेप संकलनको रूपमा अथ्र्याएको छ । ँग्रामीण भेगमा सानातिना आर्थिक कारोबार तथा समस्या समाधान गर्न पैसा सापट लिने चलन थियो,” काठमाडौं प्रहरी प्रमुख चन्दले भने, ँतर हिजोआज सहरमा करोडौं र अर्बौंसम्म अनधिकृत आर्थिक लेनदेन  हुन थालेपछि राष्ट्रिय रूपमा विकृति बढेको छ ।”  गत जेठ १२ गतेमात्र कपनमा डेरा गरी बस्ने मोरङका नारायण अधिकारीले डेढ करोड रुपैयाँ ढुकुटीमा फसेपछि आत्महत्या गरेका थिए । जेठ १६ गते मैतिदेवीस्थित रूपान्तरण सहकारीका अध्यक्ष मणिकरत्न स्थापित र सोही सहकारीका लेखापाल अर्जुन श्रेष्ठलाई ढुकुटी खेलाएको अभियोगमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै ढुकुटी खेलाएर जम्मा भएको २ करोड बढी रकम अनियमितता गरेको अभियोगमा पक्राउ परेकी धादिङकी भवानी लामाले चैत ५ महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासत कक्षमै आत्महत्या गरेकी थिइन् ।

Post a Comment

1 Comments