- भाग्नसक्नेलाई पहिले कारबाही
काठमाडौं, १६ असार
ठगी बढेपछि अवैध ढुकुटी कारोबारमा संलग्नलाई प्रहरीले ‘कडा
निगरानी’ राखेको छ । ढुकुटी खेलाउने नाममा करोडौं रकम लिएर व्यक्ति फरार
हुने क्रम बढेपछि उपत्यकास्थित तीनवटै जिल्लाबाट सादा पोसाकका प्रहरीले
‘ढुकुटी नियन्त्रण अभियान’ अन्तर्गत गोप्य सूचना संकलन गरिरहेका छन् ।
“पहिचान भएका र शंकास्पदका दैनिक गतिविधि तथा आर्थिक लेनदेनमाथि निगरानी
गरिरहेका छौं,” काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जयबहादुर
चन्दले भने, “सूचना संकलन जारी रहेकाले अनुसन्धान प्रक्रिया प्रभावित
हुनसक्छ, अहिले नै सबै विषय खुलाउन मिल्दैन ।” भाग्नसक्ने सम्भावित
व्यक्तिलाई पहिले कारबाही गर्ने तयारी प्रहरीको छ ।
एक महिनाअघि मात्रै प्रहरी प्रधान कार्यालयले ढुकुटी नियन्त्रण गर्न उपत्यकासहित देशभरका प्रहरी कार्यालयलाई ‘सर्कुलर’ जारी गरेको थियो । सर्कुलरपछि उपत्यकामा मात्रै ढुकुटी खेलाउने १ सय ५० को पहिचान भइसकेको स्रोतले बतायो । ढुकुटी खेलाउनेले मासिक केही हजारदेखि १० लाख रुपैयाँसम्म रकम जम्मा गर्ने गरेको प्रहरी स्रोतले बताएको छ । गत जेठ १९ गते चावहिल–लामपोखरीमा भाडामा बस्दै आएकी तनहुँ छापाकी सरिता गिरी ३० जनाबाट जम्मा भएको ४ करोड ५० लाख नगद लिएर फरार भइन् । त्यस्तै, ढुकुटीबाट उठेको रकम लिएर फरार भएका तीन जना कारबाही दायरामा आइसकेका छन् । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले चेक बाउन्स र ठगीअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका केही अदालतबाट नाममात्रको धरौटीमा छुटेका छन् । ढुकुटीमा साझेदार बनेकी मरुहिटीकी गीता खड्गीको ३० लाख नतिरेपछि अनामनगरकी ३७ वर्षीया रश्मी थापालाई काठमाडौं प्रहरीले गत भदौ ५ गते पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई ४० हजार धरौटी लिएर छाड्न आदेश दियो । ढुकुटी कारोबारमै संलग्न काभ्रे खरेलथोकका नरेन्द्र खड्काका नाममा जारी गरिएको ४२ लाखको चेक बाउन्स भएपछि पक्राउ परेकी म्याग्दी बाबियाचौरकी कोपिलाकुमारी केसी पनि अदालतको आदेशमै ५० हजार धरौटीमा रिहा भएकी थिइन् । सिंगापुर इन्टरप्राइजेजकी सञ्चालक गोमा केसीले ढुकुटी खेलेको रकम फिर्ता गर्ने क्रममा २ करोड २० लाख भुक्तान हुनेगरी जारी गरिएको नेपाल इन्भेस्टमेन्ट बैंकको चेक बाउन्स भएपछि बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइए पनि अदालतले ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।
ढुकुटी खेलाउनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, उनीहरूका परिवार, निजामती कर्मचारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारण रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उनका अनुसार तारे होटल, रेस्टुराँ तथा अन्य गोप्य स्थानमा बसी ढुकुटी कारोबार हुने गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी, सेनाका परिवारका सदस्यलाई ढुकुटी कारोबारमा संलग्न नहुन केही साताअघि परिपत्र गरेको थियो । “आपसी समझदारीमा खेलिने भएकाले यसको सहजै पहिचान गर्न कठिन छ,” एसएसपी चन्दले कारोबारसँग भने, “यद्यपि सादा पोसाकमा जनशक्ति परिचालन गरेर हामीले संलग्न व्यक्तिको लगत लिने काम गरेका छौं ।” पीडित पक्षले समेत ढुकुटीमा पैसा फसेपछि ठगी, चेक बाउन्स, जग्गा विवाद, अपहरण, फिरौती, धम्कीलगायत कारण देखाउँदै प्रहरीसमक्ष उजुरी दिने गरेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका उपरीक्षक (एसपी) बसन्त पन्तले ढुकुटीका कारण सामाजिक अपराध बढेको बताए । “ढुकुटीकै कारण पारिवारिक बेमेल र झै–झगडाले सम्बन्ध बिच्छेददेखि आत्महत्यासम्म हुने गरेको अनुसन्धानले देखाएको छ,” उनले भने, “धेरै आपराधिक गतिविधि पनि ढुकुटीसँगै जोडिएकाले हामीले विशेष ध्यान दिएका छौं ।” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि ढुकुटी कारोबारमा संलग्नको पहिचान गर्न संयन्त्र परिचालन गरेको छ । राष्ट्र बैंकको स्वीकृतिबिना निक्षेप संकलन तथा कर्जा प्रवाह भएको पाइए त्यस्ता व्यक्ति वा संस्थामाथि ‘बैंकिङ कसुरअन्तर्गत कारबाही हुनसक्छ । ढुकुटी कारोबारलाई राष्ट्र बैंकले ‘अवैध’ भनेको छ । देशभर ५ अर्बभन्दा बढी नगद कारोबार ‘बैंकिङ प्रक्रिया’ बाहिरबाट हुने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंक ऐनको दफा ७६ अनुसार अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन । ढुकुटीमा संलग्नलाई कारबाही गर्न बैंकले अर्थमन्त्रालयमा अध्ययन प्रतिवेदन बुझाएको थियो ।

0 Comments