राजीनामा दिएका प्रहरीले एआईजीसँग भने -‘खेतीपाती गर्छु हजुर ! राजीनामा स्वीकृत गर्नुप-यो’
“टेन्सन भो, परिवारलाई समय दिन पाइएन, २–४ पैसा छ, अब
खेतीपातीमा लाग्छु हजुर !” प्रहरी सेवाबाट राजीनामा दिने क्रममा उपत्यकामा
कार्यरत प्रहरीका एक जुनियर अधिकृतले केही साताअघि महानगरीय प्रहरी आयुक्त
अतिरिक्त महानिरीक्षक (एआईजी) कुबेरसिंह रानासमक्ष गरेको यसरी आग्रह गरेका
थिए ।
“किन प्रहरी सेवा छाड्ने अवस्था आयो ? अरूको उक्साहटमा कि स्वेच्छिक
राजीनामा हो ?” ती प्रहरी कर्मचारीसँग भएको संवादबारे एआईजी रानाले भने,
“यस्तै–यस्तै कारण देखाउँदै केही समययता ‘जुनियर प्रहरी अधिकृत (सई–असई) र
‘हवल्दार–सिपाही’ बाट स्वेच्छिक अवकास रोज्ने क्रम बढेको छ ।”
साउनयता मात्रै तल्लो तहका २ सयभन्दा बढी प्रहरीले ‘पारिवारिक कारण’
देखाउँदै सेवाबाट राजीनामा दिएका छन् । चालू आवमा उपत्यकाबाट ७० भन्दा बढी
नायब निरीक्षक (सई) र सहायक निरीक्षक(असई)ले राजीनामा दिएका छन् ।
यस्तै, ४७ जना सिपाही र १ सय ६ जना हवल्दारले पनि स्वेच्छिक अवकास रोजेका
छन् । राजीनामा दिएकामध्ये केहीले १६ वर्ष सेवा गरेर निवृत्तिभरण (पेन्सन)
पाउने गरी राजीनामा दिएका हुन् । प्रहरीमा एकजना कर्मचारीले ३० वर्षसम्म
सेवा गर्न पाउँछ ।
सेवा–सुविधा कटौती र निवृत्त हुने समयावधि बढ्न सक्ने हल्लापछि उपत्यकामा
राजीनामा दिने प्रहरीको संख्या दिनप्रतिदिन बढ्न थालेको प्रहरीका उच्च
अधिकारी बताउँछन् ।
प्रहरी प्रधान कार्यालयमा समेत राजीनामा बुझाउने तल्लो तहका प्रहरीको
संख्या बढेको छ । सेवा प्रवेश गर्दा र पदोन्नतिका लागि नक्कली प्रमाणपत्र
पेस गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि पनि
राजीनामा दिनेको संख्या बढ्दै गएको स्रोतले बतायो ।
विशेष अदालतमा समेत झन्डै दुई दर्जन प्रहरी अधिकृत तथा जवानविरुद्ध नक्कली
प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
उपत्यकाबाहिरका १ हजार ५ सयले प्रधान कार्यालयमा राजीनामा बुझाइसकेका छन् ।
जसमध्ये झन्डै २ सय ५० को राजीनामा स्वीकृत भइसकेको छ । अहिले प्रहरी जवान
र हवल्दारले सेवा प्रवेश गरेको १६ वर्ष तथा सई र असईले १८ वर्षमा अवकास
लिएमा निवृत्तिभरण सुविधा पाउँछन् ।
तर, निवृत्तिभरण सुविधा पाउन हवल्दार र जवानले १८ वर्ष तथा सई र असईले २० वर्ष सेवा गर्नुपर्ने हल्ला चलेपछि राजीनामा दिनेको लहर चलेको हो । त्यस्तै सेवा निवृत्त हँुदा एक वर्षबराबरको एकमुष्ट नगद दिने व्यवस्थासमेत कटौती हुने अनावश्यक हल्लाले कर्मचारीमा ‘खटपट’ भएको प्रहरीका उच्च अधिकारी बताउँछन् । तर, बिनाकारण कसैको पनि राजीनामा स्वीकृत नहुने एआईजी रानाले बताए । “कारणसहित वैकल्पिक रोजगारीको व्यवस्था गरेर आएका जुनियर अधिकृत तथा जवानको राजीनामा हामीले स्वीकृत गरेका छौैं,” उनले भने, “सेवा–सुविधा कटौती हुने अनावश्यक हल्ला चलेकै भरमा राजीनामा दिन आएकालाई हामीले सम्झाएर पुनः काममा फर्काउने गरेका छौं ।” पेन्सन अवधि पुगेका र आकर्षक रोजगारीको आश्वासन पाएका कर्मचारीहरूले स्वेच्छिक राजीनामा दिने क्रम बढेको उनको भनाइ छ । नेपाल प्रहरीमा सिपाही र हवल्दारको राजीनामा प्रहरी उपरीक्षक (एसपी)ले स्वीकृत गर्न पाउने अधिकार छ । त्यस्तै, असईको प्रहरी नायब महानिरीक्षक (डीआईजी) र सईको राजीनामा संगठन प्रमुखले स्वीकृत गर्नुपर्छ । प्रहरीका अर्का अधिकारी नेपाल प्रहरीलाई युरोप–अमेरिका तथा अरब राष्ट्रमा ‘भरपर्दो सुरक्षा गार्ड’ मानिने भएकाले वैदेशिक रोजगारीमा जान पनि राजीनामा दिनेको लहर चलेको बताउँछन् । “प्रहरीमा रहँदा भन्दा दसौं गुणा बढी सेवा–सुविधा पाउने भएकाले वैदेशिक रोजगारीमा जान पनि राजीनामा दिएको हुनसक्छ,” ती अधिकारीले भने, “तर राजीनामा समाधान होइन, सरकारी कर्मचारीको स्तरोन्नति र सेवा–सुविधामा राज्यले ध्यान पु¥याउनुपर्छ, अहिलेको जसरी राजीनामा दिने लहर बढ्यो भने संगठनलाई दूरगामी असर पर्नसक्छ ।”

0 Comments