प्रहरीमा नयाँ पदपूर्ति हुने

काठमाडौं, १२ भदौ - प्रहरी प्रधान कार्यालयले ‘स्वैच्छिक राजीनामा’ दिएका अधिकृत तथा जवानको ठाउँमा ‘नयाँ पदपूर्ति’ कोकाठमाडौं, १२ भदौ - प्रहरी प्रधान कार्यालयले ‘स्वैच्छिक राजीनामा’ दिएका अधिकृत तथा जवानको ठाउँमा ‘नयाँ पदपूर्ति’ को तयारी गरेको छ ।  ‘जुनियर अधिकृत’ तथा जवानहरूको राजीनामा आउने क्रम जारी रहेका बेला प्रधान कार्यालयले राजीनामा भएका दरबन्दीमा पदपूर्तिको तयारी गरेको हो । सरकारले सोमबार मात्रै नेपाल प्रहरीमा १ हजार ४१ प्रहरी दरबन्दी थप्ने निर्णय गरेको थियो । पाँच क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय र एक–एकजना महिला बालबालिका र मानवअधिकार सेलमा गरी ७ उपरीक्षक (एसपी) सहित सरकारले उक्त दरबन्दी थप्न स्वीकृति दिएको थियो ।  प्रहरी प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) विनोद सिंहले गृहमन्त्रालयबाट दरबन्दी थपको औपचारिक पत्र आएपछि पदपूर्ति प्रक्रियालाई अघि बढाइने बताए ।  “थप दरबन्दी र राजीनामापछि रिक्त दरबन्दी एकैपटक पदपूर्ति हुनेछ,” प्रवक्ता सिंहले कारोबारसँग भने, “हामी बढुवा र अवकाश रोजेपछिको रिक्त दरबन्दीको विवरण संकलन गर्ने क्रममा छौं ।”  सिंहका अनुसार दसैं अगावै नयाँ भर्ना प्रक्रिया सुरु गरिनेछ । यसअघि गतवर्ष प्रहरीले ४ हजार जनशक्तिमा नयाँ पदपूर्ति गरेको थियो ।  स्रोतका अनुसार पछिल्लो एक वर्षमा उपत्यकासहित देशभरबाट नायव निरीक्षक (सई) सहायक निरीक्षक (असई), हवल्दार र जवान गरी झन्डै १ हजार २ सय प्रहरीले स्वैच्छिक राजीनामा दिएका छन् ।  नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश तथा पदोन्नतिको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि प्रहरीमा राजीनामा दिने तल्लो तहका कर्मचारीको संख्या बढेको एक अधिकारीले बताए । यसबाहेक वैदेशिक रोजगारी, सेवाअवधी बढ्ने हल्ला, पारिवारिक  र अन्य कारणले पनि राजीनामा दिनेको संख्या दैनिक आउनेक्रम जारी छ ।
‘सरुवामा सहमति नहुदा काज’
प्रहरी प्रधान कार्यालयले सरुवामा राजनीतिक भागभन्डा नमिलेपछि काज सरुवा पठाउन थालेको छ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहबीच सरुवा–बढुवामा कुरा नमिलेपछि काज सरुवाको क्रम बढेको हो । अवधि पुग्दासम्म एसपी र डीएसपीको बढुवा–सरुवामा गृहमन्त्री गच्छदार र प्रहरी महानिरीक्षक शाहबीच सहमति हुन सकेको छैन । गच्छदारले आफ्नालाई ‘राम्रो ठाउँमा’ सरुवा गर्न तथा ‘सिनियरलाई छाडेर जुनियर’ लाई बढुवा गर्न दबाब दिँदै आएको प्रहरी स्रोतले जनाएको छ ।
“सरुवा–बढुवा समयमै नहुनुमा राजनीतिक हस्तक्षेप नै मुख्य कारण हो,” ती अधिकारीले कारोबारसँग भने, “व्यावसायिक, कार्यदक्षता, क्षमता र वरिष्ठतालाई मिचेर निर्णय लिन दबाब आएपछि प्रक्रिया नै रोकिएको हो ।” सहमति नभएकै कारण महानिरीक्षक शाहले कास्की, पर्सा र मोरङ प्रहरी प्रमुखमा क्रमशः शैलेश थापा, पिताम्बर अधिकारी र निरज शाहीलाई  काजको जिम्मेवारी दिएका छन् ।    तयारी गरेको छ । ‘जुनियर अधिकृत’ तथा जवानहरूको राजीनामा आउने क्रम जारी रहेका बेला प्रधान कार्यालयले राजीनामा भएका दरबन्दीमा पदपूर्तिको तयारी गरेको हो । सरकारले सोमबार मात्रै नेपाल प्रहरीमा १ हजार ४१ प्रहरी दरबन्दी थप्ने निर्णय गरेको थियो । पाँच क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय र एक–एकजना महिला बालबालिका र मानवअधिकार सेलमा गरी ७ उपरीक्षक (एसपी) सहित सरकारले उक्त दरबन्दी थप्न स्वीकृति दिएको थियो । प्रहरी प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) विनोद सिंहले गृहमन्त्रालयबाट दरबन्दी थपको औपचारिक पत्र आएपछि पदपूर्ति प्रक्रियालाई अघि बढाइने बताए । “थप दरबन्दी र राजीनामापछि रिक्त दरबन्दी एकैपटक पदपूर्ति हुनेछ,” प्रवक्ता सिंहले कारोबारसँग भने, “हामी बढुवा र अवकाश रोजेपछिको रिक्त दरबन्दीको विवरण संकलन गर्ने क्रममा छौं ।” सिंहका अनुसार दसैं अगावै नयाँ भर्ना प्रक्रिया सुरु गरिनेछ । यसअघि गतवर्ष प्रहरीले ४ हजार जनशक्तिमा नयाँ पदपूर्ति गरेको थियो । स्रोतका अनुसार पछिल्लो एक वर्षमा उपत्यकासहित देशभरबाट नायव निरीक्षक (सई) सहायक निरीक्षक (असई), हवल्दार र जवान गरी झन्डै १ हजार २ सय प्रहरीले स्वैच्छिक राजीनामा दिएका छन् ।

Post a Comment

0 Comments