दाबेदार तीन एआईजी ‘आ–आफ्नै कसरत’ मा
मातृका दाहाल
काठमाडौं, ११ भदौ - सरकारले नेपाल प्रहरीमा भावी महानिरीक्षक कसलाई बनाउने भन्नेमा टुंगो नलगाउँदा अन्योल छाएको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले समेत यस विषयमा कुनै निर्णय
लिन सकेन । ‘अनिर्णय’ कै कारण भदौ २९ गतेबाट नियमित अवकाश पाउन लागेका
महानिरीक्षक रवीन्द्रप्रताप शाह बिदामा बस्न पाएका छैनन् तर उनी बिदामा
बस्न चाहेका छन् ।
शाहपछि महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षक (एआईजी) त्रय कुबेरसिंह राना, नवराज ढकाल र भीष्म प्रसाईं छन् ।
तीनैजना ०४० साल कात्तिक ३० मा प्रहरी निरीक्षकबाट एकैदिन सेवाप्रवेश
गरेका अधिकृत हुन् । तीनैजनाको कार्यकाल आगामी १५ महिना बाँकी छ ।
दावेदारमध्येका राना संगठनमा इमान्दार एआईजीका रूपमा चिनिन्छिन् । उनी
अहिले महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत छन् । धनुषा प्रहरी
प्रमुख रहँदा मानवअधिकार हनन्को आरोपमा राना विवादमा तानिए ।
उक्त विवाद सर्वोच्च अदालतमा समेत पुग्यो । तर अदालतले रानाविरुद्ध दायर रिट खारेज नै खारेज गरिसकेको छ ।
त्यस्तै मानवस्रोत विभागप्रमुख ढकाल ‘संगठनको हितमा निर्णय लिन सक्ने’
क्षमतावान र कार्यविभाग प्रमुख प्रसार्इं ‘आफ्नालाई रिझाउन सक्ने’ चतुर
अधिकृतका रूपमा चिनिन्छन् ।
उच्च स्रोतका अनुसार तीनैजना एआईजीको पक्षमा प्रधानमन्त्री बाबुराम
भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री
विजयकुमार गच्छदार ‘छुट्टाछुट्टै लविङ’ मा लागेका छन् ।
महानिरीक्षक शाहले समेत भावी महानिरीक्षकको टुंगो लगाई आफूलाई बिदामा
बस्ने वातावरण मिलाउन प्रधानमन्त्री भट्टराईसँग पटक–पटक आग्रह गरिसकेका छन्
।
सरकारले भने तत्काल बिदा स्वीकृत गर्दा ‘निमित्त जिम्मेवारी’ कसलाई तोक्ने
भन्नेमा प्राविधिक कठिनाइ रहेको भन्दै ‘केही दिन पर्खन’ भनेको स्रोतले
बतायो ।
यसअघिका महानिरीक्षक चयनमा समेत सरकारले आफू अनुकूल ‘अन्तिम समय’मा निर्णय
लिँदै आएकामा यो पटक उक्त परम्पराले निरन्तरता पाउने सरकारका एक मन्त्रीले
बताए ।
महानिरीक्षक शाहलाई प्रधानमन्त्री भट्टराईले इरानमा हुन लागेको
राष्ट्रसंघीय कार्यक्रमबाट फर्केलगत्तै ‘निर्णय लिने’ आश्वासन दिएका छन् ।
तत्काल बिदा स्वीकृत भएमा वरिष्ठ एआईजी मदनबहादुर खड्कालाई कामु आईजीपीको
जिम्मेवारी तोक्नुपर्ने हुन्छ । तर खड्का पनि शाहसँगै भदौ २९ गते नै अवकाश
पाउनेछन् ।
शाह र खड्काबाहेक कल्याण तिमल्सिना, किरणकुमार गौतम, नरेश गुरुङ, प्रकाश कुँबर र अर्जुनजंग शाहीसमेत एकैदिन अवकाश पाउनेछन् ।
“तत्काल महानिरीक्षकको बिदा स्वीकृत गर्दा वरिष्ठ मध्येका एकजनालाई कामुको
जिम्मेवारी दिनुपर्ने हुन्छ,” मन्त्रिपरिषद् निकट स्रोतले भन्यो, “तर कामु
दिएका व्यक्तिसमेत बहालवाला महानिरीक्षकसँगै अवकाशमा जाने भएकाले ‘नयाँलाई
जिम्मेवारी’ दिने गरी सरकारले आवश्यक निर्णय लिन्छ ।” महानिरीक्षकका
दावेदार तीनैजना एआईजी आगामी नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा औपचारिक रूपमा
खुल्न चाहेनन् । एक एआईजी संगठन प्रमुख ‘नेता अनुकूल’ भन्दा कार्यदक्षता र
क्षमताका आधारमा चयन गर्नुपर्ने बताउँछन् ।
“अब आउने नेतृत्वसामू संगठनभित्रको आन्तरिक गुटबन्दीलाई अन्य गरी
शान्तिसुरक्षा बहाली, आपराधिक समूहका गतिविधि नियन्त्रण, संगठनलाई
साधन–स्रोत सम्पन्न तथा आधुनिकीकरण गर्ने, खस्कँदो शाखलाई उकास्न
व्यावसायिक र मर्यादित बनाउँदै लैजाने, संसद्–संविधानसभा निर्वाचनलाई
निष्पक्ष र धादलीरहित बनाउने ‘प्रहरी–जनस्तर’ सम्बन्ध सुधारलगायत थुप्रै
चुनौती छन्,” ती एआईजीले कारोबारसँग भने, “सरकारले समेत ती चुनौतीको सामना
गर्ने व्यक्तिलाई नेतृत्व गर्ने अवसर दिनेछ भन्ने हाम्रो अपेक्षा
0 Comments