नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) बाट खटिएको टोलीले वीरगन्जका मनोजबहादुर सिंहलाई रानीबारीबाट पक्राउ गरेको हो । साउन पहिलो साता राजधानीबाटै रामएकवाल सिंहलगायत चारजनालाई सोही अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । चौधरीले ‘मेरो माथिसम्म पहुँच छ, प्रहरी र सेनामा जागिर लगाउँछु’ भन्दै चारजनाबाट ४८ लाख लिएका थिए । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले बुधबार सिंहलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार उनले नेपाल प्रहरी र नेपाली सेनामा जागिर लगाइदिने भन्दै ४२ जनासँग झन्डै ४० लाख ठगी गरेका थिए । सीआईबीका अनुसार उनले प्रतिव्यक्ति ५० देखि ३ लाखसम्म लिएका थिए । यसबाहेक सिंहले अध्ययन तथा रोजगारीका लागि बेलायत पठाउने भन्दै ४० जना बढीबाट करिब ३ करोड रकम लिएका थिए । प्रहरीमा दायर उजुरीअनुसार अन्य १६ जनालाई रोजगारीमा युरोपियन मुलुक जर्जिया पठाउने भन्दै १ करोड ९० लाख लिएका थिए । प्रहरीले उनको साथबाट ४ जनाको राहदानी, एकथान ‘वाकीट्वाकी’, रिभल्भर (पेस्तोल) को खोल, तुलसी चौधरी र पुनदेव चौधरीका नाममा जारी ‘बेलायती नक्कली भिसा’, लगायत सामान पनि बरामद गरेको छ । “पक्राउ परेका व्यक्ति ठगी कार्यमा संलग्न ‘पेसेवर अभियुक्त’ रहेको देखिन्छ,” अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले कारोबारसँग भने, “उनीलगायत थुप्रै संगठित गिरोह बेरोजगार युवा–युवतीलाई प्रलोभनमा पारी ठग्ने गरेको हाम्रो अनुसन्धानबाट खुलेको छ ।” केही महिनाअघि राजधानकिो बागबजारस्थित ‘कन्सल्टेन्सी’ सञ्चालक २ करोड बढी ठगीको आरोपमा पक्राउ परेका थिए । यसैबीच नक्कली नागरिकता तथा सरकारी छाप–दस्तखत किर्ते गरी अरूकै नामको करोडौं मूल्य पर्ने जग्गा किनबेच गर्ने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालयका कर्मचारीसँग मिलेर नक्कली कागजात प्रयोग गरी ‘जग्गा नामसारी र किनबेचको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भक्तपुरका अनिल हेक्का, मकवानपुरका दीपक क्याल, भक्तपुरका धनकृष्ण भासिमा, विश्वराम सुवाल, काभ्रेका टेकबहादुर बूढाथोकी, मोरङ स्थायी घर भई भक्तपुर मालपोत कार्यालय पिएनमा कार्यरत कर्णबहादुर बिष्ट र मकवानपुरका शंकरप्रसाद भट्टराई छन् । पक्राउ परेका गिरोहले काठमाडौं इन्द्रचोकका वीरमानन्द अग्रवालको नाममा भक्तपुर अरनिको राजमार्गसग जोडिएको दिव्यश्वरी गाविस–५ स्थित करिब १६ करोड मूल्य पर्ने जग्गा नक्कली वीरमानन्द बनाइ नामसारी गरेका थिए । पछि आफ्नो जग्गा अरूकै नाममा भोगचलन भएको सूचना थाहा पाएपछि सक्कली जग्गाधनीले प्रहरीमा उजुरी दिएका थिए । सीआईबीले पक्राउ परेका सबैलाई थप अनुसन्धाननका लागि भक्तपुर प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।
0 Comments