काठमाडौं, ६ मंसिर - प्रहरी प्रधान कार्यालयले ‘घुमुवा प्रहरी’ परिचालन गर्न छुट्टै निर्देशिका बनाउने भएको छ । अपराध अनुसन्धान गर्न ‘विशेष सूचना’ संकलनमा खटिएका घुमुवा प्रहरी आर्थिक प्रभावमा परेर तोकिएको जिम्मेवारी निर्वाह नगरेको निष्कर्ष निकाल्दै प्रधान कार्यालयले ‘सादा पोसाकका प्रहरी परिचालन’ सम्बन्धी निर्देशिका ल्याउन लागेको हो ।
प्रहरीका एक उच्च अधिकारीले घुमुवा प्रहरीका गैरव्यावसायिक र आचरण विपरीतका गतिविधि रोकेर प्रभावकारी सूचना संकलन गर्न निर्देशिका ल्याउन लागिएको बताए ।
“सूचना संकलनमा खटाइएका सादा पोसाकका प्रहरी आचरणविपरीत गतिविधिमा संलग्न रहने गरेको गुनासो आएपछि हामीले त्यस्ता गतिविधि रोकेर यो संयन्त्रलाई प्रभावकारी बनाउन निर्देशिका ल्याउन लागेका हौं,” ती अधिकारीले कारोबारसँग भने, “यदि निर्देशिका कार्यान्वयनमा आयो भने सादा पोसाकका प्रहरीका गतिविधि, सरुवा–बढुवा, मूल्यांकन, दण्ड÷पुरस्कारलगायत कार्यसम्पादन पारदर्शी हुनेछ ।” नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) केशव अधिकारीले पनि घुमुवा प्रहरीसम्बन्धी निर्देशिका मस्यौदाका रूपमा छलफलका लागि गृहमन्त्रालय पठाइएको बताए ।
“भरपर्दो सूचना संकलन, सादा पोसाकका जनशक्तिको भूमिका, कार्यक्षेत्र, जिम्मेवारी, आचरण, परिचालनलगायत विषय समेटेर हामीले मस्यौदालाई छलफलका लागि गृहमन्त्रालय पठाएका छौं,” डीआईजी अधिकारीले कारोबारसँग भने, “निर्देशिका जारी भएको अवस्थामा सम्बन्धित कर्मचारी एउटा दायराभित्र रहेर तोकिएको जिम्मेवारी पूरा गर्नेछन् भने गैरव्यवसायिक र आचरण विपरीतका गतिविधि नियन्त्रणमा आउनेछ ।”
स्रोतका अनुसार करिब १ हजार ५ सयको हाराहारीमा रहेको सादा पोसाकका कर्मचारीको संख्या झन्डै ५ हजार पु¥याउन प्रधान कार्यालयले सिफारिस गरेको छ ।
मस्यौदा तयार पार्नुअघि प्रधान कार्यालयले घुमुवा र शान्तिसुरक्षामा तैनाथ स्थानीय प्रहरीका गतिविधि मूल्यांकन गर्न विशेष टोली परिचालन गरेको थियो ।
महानिरीक्षकमा नियुक्ति भएलगत्तै कुबेरसिंह रानाले देशभरका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्न सचिवालयअन्तर्गत ‘निरीक्षणलय’ लाई सक्रिय बनाउँदै प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेशप्रसाद खरेल, ज्ञानोदराज वैद्य र सर्वेन्द्र खनालको नेतृत्वमा तीन छुट्टाछुट्टै निरीक्षण टोली खटाएको थियो । उक्त टोलीले देशभर निरीक्षणका क्रममा प्रहरी उपरीक्षक (एसपी) देखि जवानसमेत गरी ५९ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो ।
सूचना संकलनमा भन्दा पनि कार्यालय प्रमुख र पहुँचवाला अधिकारीले घुमुवा प्रहरीलाई व्यवसायी र तस्करबाट ‘आर्थिक संकलन’ गर्ने माध्यम बनाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । विशेषगरी सीमा क्षेत्रमा भन्सार छली तथा चोरी पैठारीमा समेत घुमुवा प्रहरी बढी सक्रिय हुने गरेको स्रोत बताउँछ । घुमुवा प्रहरी अबैध असुलीमा सक्रिय भएपछि एक वर्षअघि प्रधान कार्यालयले घुमुवा प्रहरीलाई आन्तरिक एक क्षेत्रबाट अर्को क्षेत्रमा सरुवा गरेको थियो ।

0 Comments