मातृका दाहाल
काठमाडौं, ३० वैशाख- नेपाली सेनाका डेढ दर्जन जहाज ‘ग्राउन्डेड’ भएका छन् । नियमित मर्मत खर्च अभाव तथा बिमा नवीकरण गर्न बाँकी रहेको कारण देखाउँदै सेनाले करिब १५ वटा जहाज चलाउन सकेको छैन ।
पुराना तथा अवधि सकिएका, स्पेयर पाटर््स खरिद क्रममा रहेका र बिमा नवीकरण गर्न बाँकी जहाज विमानस्थलमा ग्राउन्डेड भएका हुन् । सैनिक उच्चस्रोतका अनुसार एक–एकवटा सुपर पुमा, एमआई १७, एमआई १६, स्काई ट्रक तथा अन्य पाँचवटा हेलिकप्टरमात्रै उडानयोग्य छन् ।
ग्राउन्डेडमध्ये आधादर्जन जहाज दुर्घटनापछि मर्मत नगरिएका हुन् । पछिल्लो पटक २०६८ कात्तिक १ गते आरएनए–४९ आइल्यान्डर विमान बाग्लुङमा दुर्घटना भएको थियो । सेनासँग स्काई ट्रक, आइल्यान्डर, एलुबेट, लान्सर, एभ्रो, पुमा, चितालगायत विभिन्न सिट क्षमताका २५ वटा जहाज छन् ।
हवाई सुरक्षा महानिर्देशनालयका एक अधिकारी ६० प्रतिशत जहाज सुचारु अवस्थामा रहेको दाबी गर्छन् । ग्राउन्डेड जहाज पनि छिट्टै चालू अवस्थामा आउने उनले बताए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेश शर्माले जहाज ग्राउन्डेड हुनुको मूल समस्या बजेट अभाव नै रहेको बताए । उनका अनुसार बिग्रिएका जहाज मर्मतका लागि कम्तीमा २ अर्ब रकम लाग्ने अनुमान छ ।
“हामीसँग भएका साना÷ठूला सबै किसिमका जहाजलाई चालू अवस्थामा राख्न अर्बौंको बजेट आवश्यक छ, त्यो हाम्रो क्षमताभन्दा धेरै माथिको विषय हो,” उनले भने, “त्यसैले मर्मतका लागि सरकारसँग आवश्यक रकम माग गर्दै आएका छौं ।”
शर्माले जहाज सञ्चालनका लागि चार–पाँच वर्षको बिमा शुल्क एकैपटक तिर्नसक्ने क्षमता नहुँदा कतिपय चालू अवस्थाका जहाज पनि ग्राउन्डेड भएको बताए । “चालू अवस्थामा रहेका कतिपय जहाज पनि बिमा नवीकरण नभएकै कारण ग्राउन्डेड गर्नुपरेको छ,” उनले भने, “त्यसबाहेक विदेशमा निर्मित स्पेयर पाटर््सलगायत इन्जिन खरिदमा समेत समय लाग्ने हुँदा चालू अवस्थाका ग्राउन्डेड जहाज सुचारु गर्न केही समय लाग्ने अवस्था छ ।”
सबै जहाज तयारी अवस्थामा नहुँदा दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामी ओसार–पसारलगायत सैनिक तथा नागरिक सेवासँग जोडिएका अत्यावश्यक कार्य प्रभावित भएको शर्माको भनाइ छ । हवाई सेवा महानिर्देशनालयअन्तर्गत सञ्चालन हुने सैनिक जहाज राज्यका अतिविशिष्ठ तथा विशिष्ठ पदाधिकारीको उडान, प्राकृतिक प्रकोपमा उद्धार तथा व्यवसायिक उडानमा समेत प्रयोग हुँदै आएको छ ।
सेनाका अर्का उच्च अधिकारी राजनीतिक स्वार्थ र आर्थिक चलखेलका कारण सैन्य जहाज, हतियार, गोली–गठ्ठालगायत अत्यावश्यक युद्ध सामग्री तथा बन्दोबस्तीका सामान खरिद हुन नसकेको बताउँछन् ।
“राष्ट्रिय सेनालाई कुन अवस्थामा राख्नुपर्छ, युद्ध तथा बन्दोबस्तीका सामान कति आवश्यक छ भनेर हामीले निर्धारण गर्ने होइन, यो राज्यको नीतिभित्र पर्ने विषय हो,” नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने, “सेनाका जनशक्तिलाई आवश्यक बासस्थान र पूर्वाधार त निर्माण हुनसकेको छैन, सैन्य शक्तिलाई सशक्त र साधनस्रोत बनाउने विषय त परकै कुरा हो ।”
यसअघि सेनाले ग्राउन्डेड जहाज मर्मत तथा नयाँ जहाज खरिदका लागि सरकारसँग करिब ६० अर्ब रकम मागेको थियो । सेनाले सरकारसमक्ष साना–ठूला आकारका १८ वटा हेलिकप्टर, तीन वटा एभ्रो जहाज तथा सात वटा स्काई ट्रक खरिदका लागि प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ३० सिट क्षमताका दुई एमआई १७ हेलिकप्टर खरिद गर्न सेनालाई करिब ३ अर्ब उपलब्ध गराउने निर्णय गरेका थिए । अर्थमन्त्रालयले जहाज खरिदका लागि दुई किस्तामा रकम उपलब्ध गराउन सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

0 Comments