मातृका दाहाल
काठमाडौं, ३ असार- अन्तरदेशीय संगठित आपराधिक गिरोहमार्फत प्रतिबन्धित लागूऔषध खरिदमा मात्रै नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बिदेसिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण तथा स्कुल/कलेजमा अध्ययनरत विद्यार्थीलाई प्रयोग गरी यस्ता गिरोहले वार्षिक ४ अर्बभन्दा बढी मूल्यको लागूऔषध नेपाल भिœयाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपालमा लागूऔषध दुव्र्यसनी करिब २ लाख पुगेको प्रहरी अनुमान छ । तीमध्ये १० देखि १५ हजार दुव्र्यसनी लागूऔषध कारोबारमा आफैं संलग्न रहेको प्रहरी बताउँछ । दुव्र्यसनीमा उद्योगी, व्यापारी, कलाकार, कर्मचारी, सुरक्षाकर्मीदेखि विद्यार्थी, कृषक÷मजदुरसमेत संलग्न रहेको प्रहरीको दाबी छ ।
लागूऔषध नियन्त्रण ब्युरो (डीसीबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रणबहादुर चन्दले गाँजा र चरेसबाहेक सेतो तथा खैरो हेरोइन, सेन्थेटिक ड्रग तथा चिकित्सा विधिबाट प्रयोग गरिने प्रतिबन्धित औषधि भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने गरेको जानकारी दिए ।
नेपाल भित्रिएको लागूऔषधमध्ये ४० देखि ४५ प्रतिशतमात्रै नियन्त्रणमा लिन प्रहरी सफल भएको उनले बताए । “गरिब तथा न्यून आयस्रोत भएका सर्वसाधारणलाई प्रयोग गरी अन्तर्देशीय आपराधिक गिरोहले काठमाडौंलाई लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनाएका छन्,” चन्द भन्छन्, “हामीले जति प्रयास गरे पनि बर्सेनि अर्बौं रुपैयाँ लागूऔषध खरिद भइरहेको छ ।”
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार नेपालमा भारत, पाकिस्तान, अफगानिस्तान तथा अन्य मुलुकबाट लागूऔषध भित्रने गरेको छ । विदेशबाट आएको लागूऔषधमध्येका ७५ प्र्रतिशत दुव्र्यसनी राजधानी तथा आसपासका क्षेत्रमा रहेको डीसीबीको अनुसन्धानले देखाएको छ ।
उपत्यकामा हेरोइनमात्रै मासिक करिब १० किलो खपत हुने डीसीबीको अनुमान छ । प्रहरीले वार्षिक मुस्किलले १० देखि १५ किलोमात्रै बरामद गर्दै आएको छ । एक किलो खैरो हेरोइनको बजार मूल्य ४५ लाख रुपैयाँसम्म पर्छ । प्रतिकिलो चरेसको १० देखि १५ लाखसम्म पर्ने प्रहरी अधिकारी बताउँछन् ।
पाँच वर्षयताको तथ्यांकले लागूऔषध खपत र बरामदको अनुपात बढेको देखाउँछ । यो अवधिमा प्रहरीले ६८ किलो हेरोइन, १ लाख २६ हजार २ सय २० किलो चरेस तथा १० हजार ५ सय ८५ किलो गाँजा बरामद गरेको छ ।
चिकित्सा क्षेत्रमा प्रयोग हुने डाइजेपाम, ब्रुपिनर्फिन, फेनार्गनलगायतका एम्पुल तथा इन्जेक्सन गरी ५ लाख ११ हजार ८ सयभन्दा बढी पिस औषधि बरामद भएको छ । प्रहरीका अनुसार एक पिस एम्पुलको बजार मूल्य ३ सयदेखि ७ सय रुपैयाँसम्म पर्छ । जबकि, चिकित्सकको अनुमतिमा सोही औषधि ५० देखि ६० रुपैयाँसम्ममा किन्न पाइन्छ ।
केही वर्षअघिसम्म चरेस, हेरोइन, गाँजालगायत धुलोजन्य लागूऔषध बढी खपत हुने गरेकोमा प्रहरी सक्रियतासँगै चिकित्सा क्षेत्रमा प्रयोग हुने प्रतिबन्धित औषधिको दुव्र्यसनी बढेको देखिन्छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अहिले ‘फर्मासिटिकल ड्रक्स’को कारोबार उकालो लागेको छ ।
पाँच वर्षमा नेपाली तथा विदेशी गरी ७ हजार ८ सय ८० लागूऔषध कारोबारी पक्राउ परेका छन् । तीमध्ये धेरैजसो भरियाका रूपमा प्रयोग भएको एसएसपी चन्दले बताए ।
कहिले कति पक्राउ
मिति (सन्) पक्राउ संख्या विदेशी
२००८ ६३४ ७२
२००९ ९३८ ८५
२०१० १४४३ ११५
२०११ २१६३ १३५
२०१२ २६०२ ७
बरामद लागूऔषध (किलोमा)
अवधि चरेस गाँजा हेरोइन डाइजेपाम÷ब्रुपिनर्फिनलगायत
२००८ ९६०० २००० १० ३७९१३ पिस र दुई किलो गाँजाको तेल
२००९ १७९४७ १६८९ १७ ४८,५४३ पिस
२०१० १४४४१ १२७० २२ ८३,६३७ पिस
२०११ ३७१८६ ४५७ ३ १,५०,९९५ पिस
२०१२ ४७०४६ ५१६९ १६ १,९०,७२१ पिस

0 Comments