अनुप तिवारी-वीरगन्ज,असार १० गते । ३० लाख रुपैया बराबरको नक्कली भारतीय रुपैया सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरगन्जबाट यती ठुलो परिमाणमा नक्कली भारु बरामद भएको यो पहिलो हो । प्रहरी प्रधान कार्यालय विशेष व्युरो तथा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुराकीको आधारमा यो सफलता पाएको हो । सांगितिक बाद्यवादन किबोर्ड भित्र लुकाएर ल्याइएको नक्कली भारु कुरियर कम्पनी डिएचएलको पार्सलबाट बरामद भएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले सोमबार पत्रकार सम्मेलन गरि बताएका छन् । अधिकारीका अनुसार हाल सम्मको अनुसन्धानबाट उक्त नोट थाइल्याण्डबाट कुरियरमा आएको हुन सक्ने आशंका गरिएपनि त्यस बारे अनुसन्धान भई रहेको उनले बताए । ‘कि बोर्डमा फिटिंग गरी नक्कली नाम भएको मनोहर गिरीले पाउने गरी कुरियर गरी नेपाल आउदै छ भन्ने सूचनाको आधारमा वीरगंज महावीर स्थानमा निगरानी गर्दाको अवस्थामा कुरियर कम्पनीको शाखामा ती दुई वटा किबोर्ड लिन आएका वीरगंज १५ मूर्ली बस्ने मनोहर गिरी भन्ने रंजित झालाई पक्राउ गरिएको हो’ प्रउ अधिकारीले भने ‘त्यस पछि झाको बयानको आधारमा उक्त नक्कली नोट लिन पठाउने बारा प्रष्टोका ३ घर भई हाल वीरगंज १८ भिष्वा बस्ने रामेश्वर सहनी गोठी भएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो ।’
0 Comments