Friday,7th June 2013 04:05 AM
मातृका दाहाल
काठमाडौं, २३ जेठ- सिद्धार्थ विकास बैंकले ६ करोड मूल्य पर्ने जग्गा धितो राखेर १३ करोड रुपैयाँ ऋण प्रबाह गरेको पाइएको छ । जम्को प्रकाशनका नाममा १३ करोड रुपैयाँ व्यापारिक कर्जा प्रवाह गर्दा सिद्धार्थले करिब ६ करोड मूल्य बराबरको जग्गा धितो राखेको तथ्य प्रहरी अनुसन्धानले बाहिर ल्याएको छ । कर्जा दुरुपयोग भएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जम्को प्रकाशनका सञ्चालक किशोर ढकाल र किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली)लाई राजधानीबाट पक्राउ गरेको थियो ।
सीआईबीले कमसल धितो राखी बढी कर्जा प्रवाह गर्ने बैंकका सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि अनुसन्धान थालेको छ । प्रमुख कार्यकारी अधिकृत महेश ढकाल, पूर्वकार्यकारी अधिकृतद्वय सतिश कार्की र झलक खनाल, बैंकका सञ्चालक समिति अध्यक्ष शेखर अर्याल तथा सदस्यहरू ऋषिराम ज्ञवाली, कृष्णचन्द्र सुवेदी, शंकरप्रसाद पाण्डे, बद्री खनाल र अञ्जु पाण्डे (पोखरेल) माथि छानबिन सुरु भएको हो । सीईओ ढकाल यही जेठ ७ गते कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । जम्को प्रकाशनका नाममा बैंकले कर्जा प्रवाह गरेको भए पनि आपसी मिलेमतोमा बैंकिङ कर्जा गौरीले व्यक्तिगत प्रयोजनमा लगानी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । जम्कोका नाममा उपलब्ध गराइएको कर्जा गौरीले सिद्धार्थको नारायणगढ (चितवन) शाखा कार्यालयबाट प्राइम बैंक मुख्य कार्यालयमा रहेको आफ्नो खातामा सारेर व्यक्तिगत प्रयोजनमा उपयोग गर्दै आएकी थिइन् । गौरीका नाममा रहेको रविभवनस्थित कित्ता नम्बर २६४ र २६५ को जग्गा धितो राखेर जम्को प्रकाशन सञ्चालक ढकालले १३ करोड व्यापारिक कर्जा लिएका थिए । “गौरीका नाममा रहेको करिब ६ करोड मूल्यबराबरको उक्त जग्गा आफ्नो नाममा नामसारी गरेर किशोर ढकालले सिद्धार्थबाट १३ करोड कर्जा लिएको देखिन्छ,” सीआईबी प्रवक्ता एसपी ईश्वरबाबु कार्कीले भने, “तर, उक्त कर्जा प्रयोजनविपरीत गौरीले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ ।” कमसल धितोमा बढी कर्जा प्रवाह भएको तथा प्रयोजनविपरीत गौरीले कर्जा प्रयोग गरेको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको उनले बताए । सीईओ तथा सञ्चालक समिति सदस्यहरू भाग्नसक्ने आशंकामा सीआईबीले स्थानीय प्रहरीको समेत सहयोग लिएर उच्च निगरानीमा राखेको छ । पक्राउ परेका दुबै जनामाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कारबाही चलाइने कार्कीले बताए । एक साताअघि नेपाल राष्ट्र बैंकले कर्जा दुरुपयोगमा संलग्नलाई पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाउन सीआईबीलाई निर्देशनसहितको पत्राचार गरेको थियो ।

0 Comments