हतियार र हेलिकप्टर माग्ने सेनाको तयारी

हतियार र हेलिकप्टर माग्ने सेनाको तयारी
" नेपाल–भारत सुरक्षा बैठक "
मातृका दाहाल-काठमाडौं, १८ असार । नेपाल–भारत सुरक्षा समिति बैठकमा नेपाली सेनाले हतियार र हेलिकप्टर उपलब्ध गराउन प्रस्ताव राख्ने भएको छ । आगामी साता काठमाडौंमा आयोजना हुन लागेको द्विपक्षीय सुरक्षा समिति बैठकमा नेपाली सेनाले भारतबाट सहुलियतमा हेलिकप्टर खरिद तथा हतियार उपलब्ध गराउन औपचारिक रूपमै प्रस्ताव राख्ने तयारी गरेको हो । उच्च सैनिक स्रोतका अनुसार बैठकमा सेनाका तर्फबाट सहुलियत दरमा हेलिकप्टर खरिद, हातहतियार तथा गोलिगठ्ठा सहायता, संयुक्त सैनिक अभ्यास सञ्चालन, २ देशका सेनाबीच सूचना आदानप्रदानलगायत एजेन्डा पेस गर्ने भएको छ । एक उच्च सैनिक अधिकारीले सैनिक सहायता उपलब्ध गराउन आफूहरुले औपचारिक र अनौपचारिक प्रस्ताव राख्ने जानकारी दिए । नेपाल–भारत सुरक्षा समिति बैठक असार २२ र २३ गते काठमाडौंमा हुँदैछ । बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा स्थल सेना, प्रहरी, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत कार्यालयका १३ जना उच्च अधिकारी सहभागी हुनेछन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईको नेतृत्वमा नेपाली सेनाका सहायक रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजी, गृह, रक्षा र प्रधानमन्त्री कार्यालयका सहसचिवलगायत १५ सरकारी अधिकारी सभागी हुनेछन् । नेपाल र भारतले द्विपक्षीय सुरक्षा समिति बैठक आलोपालो प्रणालीमा आयोजना गर्दै आएका छन् । गत वर्ष भारतले बैंग्लोरमा यो बैठक आयोजना गरेको थियो । सेनाले माग्न लागेका २ वटा हेलिकप्टर मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचन प्रयोजनमा परीक्षण उडानका क्रममा ल्याइएका ‘ए–एल–एच ध्रुव’ रहेको स्रोतको भनाइ छ । सन् १९९२ बाट भारतमा बनेका यी हेलिकप्टर त्यहाँको स्थल, हवाइ र जल सेनाले प्रयोग गर्दै आएको छ । एउटा ‘ए–एल–एच ध्रुव’ हेलिकप्टरको मूल्य ६.७ मिलियन अमेरिकी डलर अर्थात करिब ६७ करोड रुपैयाँ पर्छ । डेढ वर्ष अघिपनि सरकारले सेनाका लागि ३० सिट क्षमताका २ वटा ‘एम–आई १७’ हेलिकप्टर खरिद गर्न स्वीकृति दिइसकेको छ । दुवै हेलिकप्टर अहिले खरिद प्रक्रियामा रहेको सेनाले जनाएको छ । नेपाली सेनासँग अहिले करिब २ दर्जन साना–ठूला हेलिकप्टर छन् । त्यसमध्ये एउटा एमआई–१७, सुपरपुमा २, स्काई ट्रक २ र एभ्रो मर्मतका क्रममा छन् । करिब १ दर्जन हेलिकप्टर आर्थिक अभावको कारण देखाउँदै सेनाले मर्मत नगरी ग्राउन्डेड अवस्थामा राखेको छ । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले आगामी सुरक्षा समिति बैठकमा पेस गरिने एजेन्डाबारे छलफल भइरहेको जानकारी दिए । यद्यपि उनले कुन–कुन एजेन्डामा छलफल हुने भन्ने खुलाउन चाहेनन् । सेनाले माग्न लागेका २ वटा हेलिकप्टर मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचन प्रयोजनमा परीक्षण उडानका क्रममा ल्याइएका ‘ए–एल–एच ध्रुव’ रहेको स्रोतको भनाइ छ । सन् १९९२ बाट भारतमा बनेका यी हेलिकप्टर त्यहाँको स्थल, हवाइ र जल सेनाले प्रयोग गर्दै आएको छ ।

Post a Comment

0 Comments