पुर्व एआईजीले भने सरोकारलार्इ चेतना भया

मातृका दाहाल
काठमाडौं - Bhadra 22
काठमाडौं - Bhadra 22
सशस्त्र प्रहरी वल (एपीएफ)मा रिक्त ३ अतिरिक्त महानिरीक्षक (एआईजी) बन्न जुनियर र सिनियर डीआईजीहरुबीच हानथाप सुरु भएको छ । नेपाल प्रहरीका उच्च अधिकारीको बढुवा विवाद कायम रहेकैबेला एपीएफमा उच्च अधिकारीहरुबीच बढुवामा पर्न अस्वस्थ खेल सुरु भएको हो ।
साउन १४ गते ठाकुरमोहन श्रेष्ठ तथा भदौ १७ गते ऋषभदेव भट्टराई र सुशील श्रेष्ठले अवकास पाएपछि रिक्त स्थानमा ०४४ र ०४६ का ब्याजीबीच प्रतिपर्धा छ । एपीएफका डीआईजी महावीर पुनले पनि ३० वर्षे सेवाअवधिका कारण एआईजीसँगै अवकास पाएका छन् । उनीहरु तीनैजना २०४१ मा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टबाट सेवा प्रवेश गरी ०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका अधिकारी हुन् ।
२०६६ असोज २१ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा भएका प्रकाश ओझा, भीष्मकान्त अर्याल, प्रेमबहादुर शाही, सिंहबहादुर श्रेष्ठ र देवेन्द्र सुब्बा एआईजी बढुवाका प्रमुख दाबेदार हुन् । उनीहरु असोज २१ गतेभित्र बढुवा नभए डीआईजीको पदावधिका कारण सेवाबाट अवकास पाउँनेछन् ।
यदि असोज २१ गतेभित्र रिक्त एआईजीमा बढुवा गर्न नसकेन डेढवर्ष अघि डीआईजीमा बढुवा भएको ब्याजीले अवसर पाउनेछन् । ०४६ मा सेवा प्रवेश गरेको उक्त ब्याजीमा डीआईजीहरु शैलेन्द्र खनाल, नारायणवावु थापा, पुष्पराम केसी, उत्तम खड्का, जानकी भट्टराई लगायत छन् । जुनियर डीआईजीलाई बढुवा गर्न भर्खरै अवकासपप्त एआईजीहरु समेत लागि परेको उच्च स्रोत बताउँछ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त समेत आफू अनुकूल बढुवा गर्न नसके नयाँलाई अवसर दिने मनस्थितिमा रहेको स्रोतको दावी छ । सिंहबहादुर श्रेष्ठ, देवेन्द्र सुब्बा र प्रेम शाही आईजीपी वन्तको छनौटमा रहेको स्रोत बताउँछ । तर, वरियताक्रममा १ नम्बरमा रहेका डीआईजी ओझाको पक्षमा एमालेको शक्तिशाली खेमा उभिएको स्रोतले बतायो ।
तर, बढुवाका प्रमुख दावेदार डीआईजीहरुको ६ पदावधिको मिति गुजारेर जुनियरलाई एआईजी बनाउने खेलविरुद्ध तिव्र लविङमा रहेको स्रोत बताउँछ । सशस्त्र प्रहरी नियमावली २०६० को दफा ३२ को उपदफा २ अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सशस्त्र प्रहरी नायव महानिरीक्षक मध्येबाट कार्यसम्पादन गर्नसक्ने खुबी, उत्तरदायी बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनीको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उुपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्न सकिने भन्ने प्राबधान छ ।
यसै बिच सशस्त्रको एआईजीको बढुवाका विषयमा पुर्व एआईजी ठाकुरमोहन श्रेष्ठले सरकारलाई नीति ररिति कायम गर्न भनेका छन । उनले आफ्नो फेसबुक पेजमा भनेका छन – नियन्त्रण गर, समय मै उचित निर्णय लेउ, तथा नीति र रीति कायम गरः फौजको महत्व, आवश्यकता, प्राथमिकता, परम्परा तथा प्रणालीमा सरोकार पक्षहरूले समयमा ध्यान नदिने तथा पहलु कदम नचालिने प्रवृित हावी भएपछि मौकामा चौका हाने प्रयत्न हुने भए गरेका नौला नजिर होर्इनन । तर दुरगामी खराव असरले राज्यको चौतर्फी संरचनामा खलवलाउने र समर्ग शान्ति, सुव्यवस्था तथा दीगो विकास एवं कानूनी राज्यको अनुभूतिमा समाजको विश्वास नरहने आदि । आदि । हुनेछ । नियन्त्रण गर, समय मै उचित निर्णय लेउ, तथा नीति र रीति कायम गर । यो रिस, आवेक वा वदलाको शव्द र अक्षर कोरिएका होर्इनन । सरोकारलार्इ चेतना भया ।

0 Comments