मातृका दाहाल/शिव बोहरा
काठमाडौं, २५ भदौ- चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने चालक तथा व्यवसायीमाथि प्रहरीले ठगी मुद्दा चलाउने भएको छ । आन्तरिक सूचना तथा पीडितबाट प्राप्त उजुरीका आधारमा प्रहरीले कारबाही गर्नेछ ।
यातायात व्यवस्था ऐन ०४९ मा सरकारले निर्धारण गरेको दरभन्दा बढी भाडा असुलेको पुष्टि भए चालक र व्यवसायीलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गराउन सकिने उल्लेख छ ।
पीडितले आफू ठगिएको व्यहोरासहित प्रहरी कार्यालय वा यातायात व्यवस्था विभागसमक्ष उजुरी दिए आरोपितबाट ठगी महलअन्तर्गत बिगो÷जरिवाना असुल तथा ५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यातायात व्यवसायीले उपत्यकाबाहिर जाने लामो दूरीका यात्रुलाई लक्षित गरी बुधबार (हिजो)देखि टिकट बुकिङ खुल्ला गरिसकेका छन् । कतिपय काउन्टरमा अग्रिम बुकिङका नाममा बढी भाडा असुल्न टिकटमा कालोबजारी भएको हुन सक्ने आशंकामा प्रहरीले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको छ ।
पक्राउ परेका आरोपितलाई अदालतको आदेशमा २४ दिनसम्म थुनामा राखेर मुद्दाको अनुसन्धान गर्ने अधिकारसमेत प्रहरीलाई छ । चाडपर्वका बेला लामो दूरीका सवारी साधनमा कृत्रिम टिकट अभाव देखाएर दोब्बरसम्म भाडा असुल्ने प्रवृत्ति दोहोरिन नदिन प्रहरीले विशेष सक्रियता देखाएको हो ।

“चाडपर्वको मौका छोपेर यात्रु ठग्ने सम्भावना भएका कारण टिकट काउन्टर तथा आसपासमा सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गराएका छौं,” काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्कीले भने ।
दसैं, तिहार, छठलगायत हिन्दू धर्मावलम्बीका मुख्य चाडपर्व नजिकिँदै जाँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सम्भावित ठगी तथा कालोबजारी रोक्न उपत्यकास्थित सबै संयन्त्र परिचालन गरेको छ ।
ट्राफिक महाशाखा प्रमुख डीआईजी केशवप्रसाद अधिकारीले गैरकानुनी गतिविधिमा संलग्न चालक÷व्यवसायी तथा काउन्टरमा बस्ने कर्मचारीलाई तत्काल पक्राउ गरी यातायात व्यवस्था कार्यालयको जिम्मा लगाइने बताए । “आफू ठगिएको उजुरीसहित पीडितले प्रहरीमा उजुरी दिए सवारी व्यवस्था ऐनबाहेक आरोपितविरुद्ध ठगी अभियोगमा पनि कारबाही हुन्छ,” उनले भने, “बर्दीको आडमा आचरणविपरीत गतिविधि गर्ने प्रहरीमाथिसमेत निगरानी हुन्छ ।”
गत वर्ष दसैं सुरक्षामा खटिएका १० भन्दा बढी प्रहरीले आचरणविपरीत काम गरेको आरोपमा विभागीय कारबाही खेपेका थिए । डीआईजी अधिकारीले नक्कली टिकट बिक्री गर्ने गिरोह सक्रिय हुन सक्नेप्रति सजग रहन यात्रुलाई सजग गराए ।
यातायात व्यवस्था विभागका निर्देशक मुक्तिबहादुर केसीले चाडपर्वमा यात्रु ठग्ने गतिविधि नियन्त्रण गर्न अनुगमन टोली परिचालन गरिएको बताए । उनका अनुसार यातायात व्यवस्था र वाणिज्य विभाग, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारवादी र व्यवसायीसम्मिलित संयुक्त टोलीलाई अनुगमनमा खटाइएको छ । यसबाहेक विभागबाट अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा छुट्टै अनुगमन टोलीलाई टिकट काउन्टरवरपर परिचालन गरिएको उनले बताए ।
“यो समयमा चालक तथा व्यवसायीका गैरकानुनी गतिविधि बढ्न सक्छन्, तोकिएको भन्दा बढी भाडा असुल्ने प्रवृत्ति हावी हुन सक्छ,” उनले भने, “यसप्रति विभाग सचेत छ, सरोकारवाला निकाय पनि त्यस्ता व्यक्तिका गतिविधिप्रति चनाखो रहनुपर्छ ।” व्यवसायीका अनधिकृत गतिविधि नियन्त्रण गर्न विभागको मात्र पहल पर्याप्त नहुने भन्दै उनले प्रहरीको सक्रियता पनि त्यत्तिकै महत्वपूर्ण हुने बताए ।
टिकट काउन्टर, सवारी भित्रिने र बाहिरिने नाकालगायतमा जनपद र ट्राफिक प्रहरी तैनाथ भइसकेका छन् । यसबाहेक ठगी र कालोबजारी नियन्त्रणमा स्थानीय प्रहरी, ट्राफिक प्रहरी, टोलसुधार समिति, उपभोक्ता अधिकारवादी, व्यवसायीलगायत सहभागी संयुक्त संयन्त्रसमेत अनुगमनमा परिचालन हुनेछन् । उपत्यकाका प्रमुख स्थानमा दसैं–तिहार र छठ अवधिभर ‘नागरिक सहायता कक्ष’समेत स्थापना हुनेछ ।
ट्राफिक महाशाखाका अनुसार नयाँ बसपार्क, गोंगबु, बौद्ध, जोरपाटी, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी, नागढुंगा, सल्लाघारी र पुरानो बसपार्कलगायत स्थानमा नागरिक सहायता कक्ष स्थापना हुनेछ । यी कक्षमा यात्रु तथा स्थानीयले सबैखाले उजुरी दिन सक्नेछन् । चाडपर्व सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उपत्यकाका विशेष योजना ल्याउने तयारी पनि गरिरहेको छ ।
संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता
चाडपर्व अवधिभर प्रहरीले आर्थिक कारोबार हुने तथा महत्वपूर्ण भवन÷प्रतिष्ठान र सरकारी कार्यालयमा विशेष सुरक्षा प्रदान गर्ने भएको छ । उपत्यकाका ३ वटै जिल्लालाई लक्षित गरी महानगरीय प्रहरी आयुक्त कार्यालयले चोरी, डकैती, गुण्डागर्दी, अपहरण, जबर्जस्ती चन्दा तथा फिरौती असुललगायत सामाजिक÷संगठित अपराध नियन्त्रण र पर्व सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा ल्याउन लागेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्कीले चाडपर्वमा आर्थिक कारोबार बढी हुने भएकाले आपराधिक गिरोहका गतिविधि पनि सोहीअनुसार बढ्न सक्ने आँकलनसहित सतर्कता उच्च राखिने बताए । उनका अनुसार बजार, कलकारखाना, बैंक÷वित्तीय संस्था, सुनचाँदी÷गरगहना पसल, होटल÷रेस्टुराँलगायत नगद कारोबार हुने क्षेत्रमा प्रहरीको विशेष निगरानी रहनेछ । “विगतमा ल्याइएका योजना र प्रभावकारितालाई समेत ध्यानमा राख्दै हामी पर्व सुरक्षा योजना ल्याउने तयारीमा छौं,” कार्कीले भने ।
महानगरीय प्रहरी अपराध महाशाखाले केही दिनअघिमात्रै पर्व सुरक्षालाई ध्यानमा राख्दै पकेटमार, चोरी÷डकैती, लुटपाटलगायत आपराधिक गतिविधिमा संलग्नविरुद्ध विशेष योजना सार्वजनिक गरिसकेको छ ।
0 Comments