मातृका दाहाल
काठमाडौं, ५ असोज–
–ओखलढुंगा चण्डेश्वरीका महेश खड्कालाई ४ वर्षअघि काठमाडौं प्रवेश गर्दा दैनिक गुजारा चलाउन पनि धौ–धौ थियो । दिनभरि ज्यालादारी गरेर बेलुका गुजारा चलाउँथे ।
– केही वर्षअघि धादिङका लोकबहादुर विश्वकर्मा रोजगारीका क्रममा काठमाडौं आएका थिए । भनेअनुसार काम नपाएपछि उनले पनि सजिलै पैसा कमाउन अपराधलाई माध्यम बनाए । स्थानीय टोले गुण्डा र लुटेरासँग संगत बढाउँदै लगेका विश्वकर्मा रातारात बालाजु÷नयाँ बसपार्क क्षेत्रमा सुनचाँदी व्यवसायी बनेर उदाए । ‘बेरोजगार युवा’बाट उनले आफ्नो परिचय ‘गहना व्यवसायी’ बनाए । आपराधिक व्यक्ति तथा समूहले लुटपाटबाट जम्मा गरेको रेडिमेड गरगहना सस्तो मूल्यमा खरिद गर्दै आएका विश्वकर्मा भदौ पहिलो साता मिरकोट– ५ गोरखास्थित आइतराम तामाङको घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परे । अहिले उनी पूर्पक्षका लागि कारागारमा छन् ।
– तातोपानी– ३ सिन्धुपाल्चोक घर भई काठमाडौंमा सवारी चालक बनेर दैनिक गुजारा चलाउँदै आएका ग्यान्जो शेर्पा चिनियाँ नागरिक लुटपाटको अभियोगमा अदालतमा मुद्दा धाइरहेका छन् । २ चिनियाँ नागरिकको करिब २० लाख रुपैयाँ लुटपाटमा संलग्न शेर्पाको परिचय सवारी चालकबाट आपराधिक गिरोहमा फेरिएको छ ।
रोजगारीको सिलसिलामा काठमाडौं भित्रिएका युवा चाँडै धनी बन्ने प्रलोभनमा परी अपराधमा संलग्न भएका यी केही उदाहरण हुन् । चोरी÷डकैती, लुटपाट, जबर्जस्ती चन्दा÷अपहरण तथा फिरौती असुलीजस्ता अपराधमा खड्का, विश्वकर्मा र शेर्पाजस्ता अरु थुप्रै युवाको संलग्नता बढ्दै गएको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीका अनुसार विभिन्न आवरणमा रहेका गुण्डानाइकेसँग संगत बढाउँदै आफैं अपराधमा संलग्न हुने युवायुवतीको संख्या पछिल्ला दिन बढ्दो छ ।
प्रहरीले दैनिकजसो पक्राउ गर्ने अभियुक्तहरुमा विशेषगरी १५ देखी ३५ वर्ष उमेर समूहका होटल÷रेस्टुराँमा काम गर्ने मजदुर÷बाउन्सर, घरेलु कामदार, चालक तथा बेरोजगार युवायुवती रहेको कार्कीले जानकारी दिए । साना÷ठूला सबै किसिमका अपराध सञ्जाल तोड्न प्रहरीले उपत्यकामा सादा पोसाकका सुरक्षाकर्मीको तैनाथी बढाएको छ ।
पक्राउ परेका व्यक्तिको सम्पत्तिसमेत छानबिनका क्रममा रहेको उनले बताए । संगठित गुण्डानाइकेकै संगतबाट उनीहरुले आपराधिक पेसा अँगालेको प्रहरी बुझाइ छ । अत्याधुनिक हातहतियार प्रयोग र आपराधिक व्यक्तिसँग सुरक्षाकर्मीकै मिलेमतो हुँदा पक्राउ परेका कतिपय आरोपित सहजै उम्कने गरेका छन् । यो प्रहरीका लागि अर्को चुनौती बनेको छ ।
अपराध महाशाखाका अनुसार पछिल्लो डेढ महिनायता काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै डेढ सय युवायुवती पक्राउ परेका छन् । गाडीमा पकेटमार्नेदेखि सुन लुटेरासम्म छरिएको कार्कीले बताए । “उनीहरुमध्ये कतिपय अपराधबाटै करोडपति बनेका छन्,” उनले भने, “२ छाक खान नसकेर अपराधमा लागेकादेखि अपराधमा लागेरै करोडपति भएकासम्मलाई हामीले नियन्त्रणमा लिएका छौं ।”
करिब ४ वर्षसम्म उनको यो दैनिकी नै बन्यो । त्यसपछि मजदुरी छाडेर टोले गुण्डासँग संगत बढाए र उनी रातारात लखपति हुँदै करोडपति भए । गुण्डासँगको संगतबाटै उनले मनमैजुमा करिब १२ आना जग्गा जोडे । तर, उनको धन्दा लामो समयसम्म टिकेन । सुराकीका आधारमा उनी काठमाडौंबाट समातिए । प्रहरीका अनुसार उनी अहिले जेलमा कैद भुक्तानी गरिरहेका छन् ।– केही वर्षअघि धादिङका लोकबहादुर विश्वकर्मा रोजगारीका क्रममा काठमाडौं आएका थिए । भनेअनुसार काम नपाएपछि उनले पनि सजिलै पैसा कमाउन अपराधलाई माध्यम बनाए । स्थानीय टोले गुण्डा र लुटेरासँग संगत बढाउँदै लगेका विश्वकर्मा रातारात बालाजु÷नयाँ बसपार्क क्षेत्रमा सुनचाँदी व्यवसायी बनेर उदाए । ‘बेरोजगार युवा’बाट उनले आफ्नो परिचय ‘गहना व्यवसायी’ बनाए । आपराधिक व्यक्ति तथा समूहले लुटपाटबाट जम्मा गरेको रेडिमेड गरगहना सस्तो मूल्यमा खरिद गर्दै आएका विश्वकर्मा भदौ पहिलो साता मिरकोट– ५ गोरखास्थित आइतराम तामाङको घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परे । अहिले उनी पूर्पक्षका लागि कारागारमा छन् ।

0 Comments