दाजुकै प्रेरणाले म आज पत्रकारिता क्षेत्रमा क्रियाशील छु, मेरो कलमका प्रत्येक डोवमा वासु दाईकै नजर झुल्किरहने छ, कतै मैले गल्ती गरेँ की भन्ने लाग्दा पनि दाजुकै यादले मलाई निर्देश गरीरहने छ, दाजु यो लेख मा उल्लेख भएअनुसार नै मैले यी उल्लेख गरेका पार्टिसँग संगत गर्नेछु । अरु प्रेरणा सोलुखुम्बुको पञ्चनबाट आएदेखीका १७ वर्ष जुनजुन क्षणमा मैले दाजुसँगै विताएँ, यीनै संगत र मार्गदर्शन भावी दिनमा अघि बढ्ने प्रेरणा मिल्ने छ, दाजु भौतिक नजर सँगै नभएपनि आत्मा सधै अन्र्तर्मनमा गढीरहने छ, भगवानले जुराएभने निम्ता दिउकै दिन स्वर्गमा भेटन आउनेछु । स्वर्गमा बास होस (उही तपाईको भाई (तपाईको वोलीमा झुण्डिरहने काईलो) अर्थात मातृका दाहाल, गौरीघाट\काठमाडौं ।
राप्रपा विवादः सैद्धान्तिक कि व्यक्तिवादी
(Late बासुदेव दाहाल) 2034\04\ 25–2071\07-01
(बासुदेव दाहाल) राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको विवाद सतहम छताछुल्ल रूपमा पोखिएको मात्र छैन, यो पाटीमा अब पुनः इतिहासको पुनरावृति हुने संभावना वलियो बन्दै गइरहेको छ। अर्थात एक वर्ष अघि मात्र विना शैद्धान्तिक आधार एकीकरण भएको राप्रपा र राजपा पुनः व्यक्तित्व टकरावका कारण विभाजनको मनस्थितिमा पुगेको छ। सूर्य बहादुर थापाको जनशक्ति पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा एक वर्ष अघि मात्र एकिकृत भएर अलोपालो ४ जनाले नेतृत्व प्रदान गर्ने सहमती भएको थियो। जसअनुसार लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनी ले आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो। सूर्यबहादुर थापाले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरे पछि अध्यक्ष मण्डलको दोश्रो वरियतामा रहेका लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा वहुमत सदस्यले अध्यक्ष थापालाई अपदस्त गर्नुले पनि पुर्व पञ्चहरूको पञ्चायतकालीन अन्तरविरोधलाई उस्तै रूपमा पुनरावृति गरिदिएको हो।

आन्तरिक रूपमा सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दका बिचमा पञ्चायतकालदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहँदै आएको थियो। चन्दकै नेतृत्वमा २०४० सालमा थापामाथि महाअभियोग लगाएर प्रधानमन्त्रीबाट अपदस्त गरिए देखि नै यी दुई पक्षहरूका बीचमा झण्डै स्थायी प्रकारको दुरी रहँदै आएको छ। एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने क्रममा “भूमिगत गिरोह र चाँदीका कचौराका कमिला”सम्मका शब्दावलीले त्यसबेलाका सञ्चार माध्यम रङ्गीएका थिए। २०४७ साल जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) का नाममा राजनीतिक शक्तिका रूपमा उदाएका पंचायती पृष्ठभूमीका यी पार्टीले २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा क्रमश ३ र १ सिट जितेका थिए। २०५१ सालको मध्यावधी चुनावलाई मध्यनजर राखी एक भएको यो पार्टीले २० स्थानमा विजय हासिल गरको थियो। उक्त चुनावमा सबैभन्दा ठूलो दल भएको एमालेको अल्पमतको सरकार नौ महिनामै ढलेपछि शेर बहादुर देउवा सरकारमा निर्णयक सहभागिता जनाएको राप्रपा देउवा सरकारलाई विस्थापित गरि एमालेको सहभागितामा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाउन सफल भयो भने २०५४ सालमा आफ्नै पार्टी नेताको सरकार विस्थापित गराई काँग्रेसको सहभागितामा पार्टी अध्यक्ष सूर्य बहादुर थापा प्रधानमन्त्री बने।
चन्द सरकारको पतनमा पार्टी भित्रको अन्तरघात प्रमुख कारण थियो। जसको परिणाम राप्रपा पुनः विभाजित भयो र २०५४ को आमनिर्वाचनमा लज्जास्पद पराजय सँगै पुनः एकीकरण भयो तर त्यो एकीकरण प्रति असहमति जनाउँदै राजेश्वर देवकोटाको नेतृत्वमा राप्रपा (राष्ट्रवादी) को गठन भयो। २०५९ असोज १८ गतेको शाहि कदम पछि चन्द र थापा पुनः प्रधानमन्त्री भए। तत्कालीन पार्टी अध्यक्ष पशुपति शमशेर राणा पक्षले सरकारलाई असहयोग गरेको भन्दै सूर्यबहादुर थापाको नेतृत्वमा २०६० सालमा राष्ट्रिय जनशक्ति पार्टीको गठन भयो। यसैबिच २०६१ साल माघ १९ गते राजाबाट प्रत्यक्ष शासन सञ्चालन गरेपछि राप्रपा भित्रको विवादले नाटकिय मोड लियो। शाहि कदमको पक्ष र विपक्षमा कार्यकर्ता विभाजीत भएपछि पार्टी महामन्त्री रहेका कमल थापाको नेतृत्वमा राप्रपा नेपालको गठन भयो। यही बिचमा जनआन्दोलनबाट राजतन्त्रको अवसान भएपछि राप्रपा नेपाल राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्थापनाको पक्षमा उभियो भने राप्रपा र राजपा भने अन्य पार्टीसँगै गणतन्त्रको कित्तामा उभिए। व्यक्तित्व टकरावका कारण मात्रै फरक तर एउटै पृष्ठभूमी र सैद्धान्तिक धरातलमा रहेका राप्रपा र जनशक्ति पार्टी वीच गतवर्ष पुनः एकीकरण भयो। इतिहासमा पटक पटक भए झै यसपाली पनि राप्रपा भित्रको विवादमा कुनै सैद्धान्तिक कारण भने रहेको छैन। पञ्चायति पृष्ठभूमिका यी नेताहरूले आफ्नो सत्ता लिप्साका लागि एकता र फुटका नाममा पटक पटक सिँगो पार्टी र आम कार्यकर्ता पङ्तीलाई अवसरवादको सिकार बनाएका छन्। यस पटक पनि राप्रपा भित्रको विवादमा कार्यकर्ता पङ्ती लाई आफ्नो स्वार्थ अनूकुल प्रयोग गर्ने खेल शुरु भएको छ। सूर्य बहादुर थापा आफ्ना एक मात्र छोरा सुनिल थापालाई शक्तिको विरासतमा स्थापित गराएर आफु राजनीतिक सन्यास लिने दाउमा लागेका छन् भने चन्दलाई अघि सारेर राजनीतिक स्वार्थ पूर्ति गर्नेहरूले पनि रणनीतिक चाल चालेको बुझ्न सकिन्छ। जीवनभर सूर्य बहादुर थापाको कित्तामा रहेका डा. प्रकाशचन्द्र लोहनी, इन्द्र प्रसाद ढुँगेल र बसन्त मानसिंह अधिकारीहरूले थापाको कित्ता छाडेर चन्दलाई साथ दिनुले पनि रणनीतिक राजनीतिक दाउपेचलाई पुष्टि गर्दछ। अध्यक्ष थापाको विरासत राजनीतिले छोरा सुनिललाई केन्द्रीय सदस्य, सभासद हुँदै हाल मन्त्री सम्मको सफल बाटो पार गरि सकेको छ भने राप्रपा कब्जा गर्ने रणनीति अन्तर्गत अहिलेको विवाद सतहमा आएको देखिन्छ। अहिलेको विवादका बिच रोचक तथ्य त के छ भने पशुपति शमशेर राणा र उनको पक्ष खुलेर सुर्यबहादुर थापाको कित्तामा उभिएको छ भने सूर्य बहादुर थापाको किचन क्याविनेट छोरा सुनिलका कारण चन्द पक्षमा शसक्त रूपमा उभिएका छन्।
राप्रपा भित्र अहिले भएको विवाद पंचायतकालीन अन्तरविरोधको पुनरावृति त हो नै यो बाहेक राप्रपा भित्र भारितय चुनाव परिणामको प्रत्यक्ष असर पनि परको देखिन्छ। सूर्य बहादुर थापा भारतीय काँग्रेस पार्टी र खास गरि गान्धी परिवारका विश्वासिला पात्रका रूपमा रहेका छन भने चन्दको विश्व हिन्दु परिषद र राष्ट्रिय स्वयंसेवक संघसँग राम्रो सम्बध रहि आएको छ। यी दुवै परोक्ष रूपमा धर्म निरपेक्षता तथा राजतन्त्रको पक्ष र विपक्षमा पनि रहि आएका थिए। चन्द राप्रपा भित्र राजावादी धारका नेताका रूपमा चिनिन्छन्।
राप्रपा भित्र उत्पन्न विवाद र पार्टीको सम्भावित विभाजन पछि चन्दले नेतृत्व गरेको राप्रपाका अगाडी अब केही सैद्धान्तिक समस्याहरू उत्पन्न हुने देखिन्छ। यो पक्षले आफूलाई राजनीतिक रूपमा कुन एजेण्डाका आधारमा परिचीत गराउँछ भन्ने आधारमा नै यसको भविष्यलाई निर्धारण गर्नेछ। अध्यक्ष पद हस्तान्तरण नगरेको सांगठानिक आरोप लगाएर मात्र चन्द पक्ष स्थापित हुन सक्दैन। त्यसैले चन्दका सामु राष्ट्रिय अन्तराष्ट्रिय परिस्थीति, भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले हासिल गरेको सफलता र नेपालमा पनि राप्रपा नेपालले उठाएका एजेण्डालाई विना हिचकिचाहट स्वीकार गरि अघि बढ्नुको विकल्प छैन। “राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्मको रक्षा गर्दै अबको गन्तव्य आर्थिक समृद्धि” भन्ने मूल अभियानमा होमिएको राप्रपा नेपाल र यसका अध्यक्ष कमल थापासँग एकताको प्रकृया अगाडि बढाउन सकियो भने मात्र यो एउटा मजबुत र शसक्त राष्ट्रवादी पार्टी बन्ने र यसले देशको राजनीतिमा बलियो प्रभाव पार्न सक्छ। प्रजातान्त्रिक राष्ट्रवाद र उदारवादी आर्थिक नीतिको स्कुलिङमा दिक्षित राप्रपा भित्रका युवा पङ्तिले पनि यो अवसरलाई उपयोग गर्न सक्नु पर्छ। राप्रपा भित्र रहेका युवा शक्तिले के बुझ्न जरुरी छ भने नेताहरूको चरित्र राम्रो भएको भए एउटा मौलिकता बोकेको पञ्चायती व्यवस्था त्यति बदनाम हुने थिएन। २०४६ साल पछि सत्ता स्वार्थमा लागेर घात अन्तरघातको श्रृङ्खला नदोहोर्याइ रचनात्मक प्रतिपक्षीको भूमिका खेलेको भए माओवादी विद्रोह त्यति छोटो अवधिमा झाङ्गीने थिएन र अवसरवादीहरूले नुनको सोझो मात्र गरेको भए राष्ट्रियताको प्रतिक राजसंस्था त्यति छिटै पतन हुने थिएन। कमसेकम इतिहासका यि क्रुर घटनाहरूको समिक्षा हुन जरुरी छ। परिवर्तनका संवाहक भनिने नेपाली काँग्रेस र कम्युनष्टि पार्टीहरू बदनाम भएर तितरवितर हुन थालेको आजको यो अवस्थामा यि पक्षहरू बिचको एकीकरण राष्ट्रवादी शक्तिहरूका लागि समयले जुटाइदिएको अनुकूल संयोग सावित हुन सक्छ। भरखरै प्रथम महाधिवेशनबाट राप्रपा नेपालले पारित गरेको “शम्बद्र्धनवाद” एकताको आधार बन्न सक्छ। अन्यथा जुटफुटको व्यक्तिवादी राजनीतिको दलदलमा केन्द्रित हुनुभन्दा राप्रपाको विघटन नै मुलुक र राष्ट्रवादी शक्तिहरूको हितमा हुनेछ।

0 Comments