मातृका दाहाल
वैशाख १२ गतेको बिनासकारी भूकम्प र त्यसपछिका थुप्रै शक्तिशाली पराकम्पनले देश–विदेशमा रहेका सबै नेपालीको मन छियाँछियाँ पारिदिएको छ । हजारौं नागरिक भूकम्पबाट मारिएका छन् । लाखौं सर्वसाधारण कुनै न कुनै रुपमा भूकम्पीय पीडामा रुमलिएका छन् । करिव ३ लाख घर पूर्ण रुपमा क्षती भएको छ । गृहमन्त्रालयको अनुमातिक आँकडा अनुसार ८० लाख नागरिक भूकम्पीय प्रभावित बनेका छन् । २ लाख बढीका आवासगृह घर) मर्मत नगरी बस्ने अवस्थामा छैनन् । मुलुकका कतिपय स्थान विनासकारी भूकम्पले मानवरहित बनाईदियो । मुलुकले खर्बौं रुपैयाँ बराबरको भौतिक क्षती बेहोरेको छ । हाम्रा ऐतिहासिक धरोहरहरु भग्नावशेषमा परिणत भएका छन् । नेपाली मौलिक कलासंस्कृतिका आधारस्तम्भहरु खलवलिएका छन् । तत्कालिन विद्रोही माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको चपेटाबाट निकै पछि धकेलिएको नेपाल थुप्रै अवरोधकाबीच पछिल्लो केहीवर्षयता समृद्धिको बाटो पछ्याउने क्रममा थियो । तर, ती उज्याला आधारहरु भूकम्पले बीचैमा निमोठिदिएको छ । आर्थिक, सामाजिक, सांस्कृति, राजनीतिक लगायत सबैपक्षहरु र ती सँग जोडिएका आधारहरु पनि खलवलिन पुगेका छन् । भूकम्पबाट घाईते दशौं हजार नागरिक बाँच्ने आशमा अस्पतालमा मृत्युसँग पौठेजोरी खेलीरहेका छन् । आफन्त गुमाएका परिवारका सदस्यहरुले पीडा भुल्न समेत समय पाउन सकेका छैनन् । किरियाघरबाट त्राहीमामको स्थितिमा पीडित परिवारजनहरु मृतात्मालाई सम्झीरहेका छन् । हजारौं सर्वसाधारण बारम्बार आईरहने भूकम्पीय त्रासले मानशिक यातना बेहोर्न बाध्य छन् । वैशाख १२ र २९ गतेका शक्तिशाली भूकम्प र त्यस अघि र पछिका निरन्तरका पराकम्पनले नेपाली समाजको विवेचना यसरी नै गरीरहेको छ । तर यी पीडादायी चित्कारबीच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामबरण यादवले पीडामा परेका आफ्ना देशबासीलाई विपत्को सामना गर्न र धैर्यधारण गर्नेआश्वासन सहित एकशव्द पनि खर्चने औपचारिक विवेक सम्म देखाएनन् । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे विपत्तिको भोलीपल्टै विशेष नेपाल आएर पीडामा मल्हम लगाउन अग्रसरता देखाए । नेपालको पीडालाई मल्हम लगाउँदै उनले भुटानमा १ दिन राष्ट्रिय शोक बनाए । १० करोड रुपैयाँ राहतकोषमा जम्मा गरे । अरु थुप्रै देशका राष्ट्रप्रमुख, सरकारप्रमुख लगायतले नेपालको बिपत्तिमा शोक तथा समबेदना प्रकट गरे । नेपालमा विपत्ति आईलागेको ३ घण्टा नवित्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राहत सहित उद्धारटोली नेपाल पठाउन आफ्नो सरकारी संयन्त्रलाई निर्देशन दिए । तर, हाम्रा राष्ट्रपति महोदय कता हराए ।
भुकम्पले राष्ट्रपति भवन जोखिममा पारेर केहीदिन पालमुनी नै विताए यादवले । उनी स्वयं भूकम्पीय पीडाका पात्र हुन् । तर, ठूलाबडाको पीडा र बिहानबेलुका खान नपाउने किसानको पीडामा फरक हुन्छ ।
राष्ट्रिय विपत्तीमा परेका नागरिकलाई सहानुभूति प्रकट गर्नबाट चुकेका राष्ट्रपति यादवले भूकम्पप्रभावित नागरिकलाई सम्वन्धित स्थानमै गएर सहानुभूति समेत दिनसक्थे । अझ मानवीयताको कुरा गर्ने हो भने औषधीउपचारबाट वञ्चित भूकम्पपीडित नागरिकलाई उनी स्वयंले उपचार गर्नसक्थे । उनी पेशाले मेडिकल डाक्टर हुन् । पीडित नागरिकलाई उपचारको कुनै कमी हुन नदिन उनले औपचारिक÷अनौपचारिक रुपमा सरकारलाई आग्रह गर्नसक्थे । भलै सरकार विपत् व्यवस्थापनमा अहोरात्र खटिरहेको छ । पञ्चायत कालमा तत्कालिन कांग्रेस नेताहरुको निजी चिकित्सकको रुपमा जिम्मेवारी निर्वाह गरेका यादवलाई राष्ट्रिय विपत्मा आफ्ना नागरिकको उपचार गर्न कुनै कानुन र बन्देजले छेक्दैन थियो । उनले त्यसो गरेको भए अन्य निजी तथा सरकारी अस्पतालबाट नागरिकले सहज रुपमा उपचारसेवा पाउँथे ।
होला, सेरोमोनियल राष्ट्रपति भलै कार्यकारी अधिकारमा हुँदैन । उनी कार्यकारी सरकारका हरेक नीति÷निर्णयबाट बाँधिएका हुन्छन् । तर, संकटकाल, राष्ट्रिय विपत् जस्ता प्रलयकारी चुनौतीमा सरकारले मुलुकलाई राष्ट्रिय विपत् घोषणा गरीसकेपछि उनले आफ्नो राष्ट्रिय धर्म निर्वाह गर्नुपर्दथ्यो । यदि राष्ट्रपति यादवले विर्सेका भएपनि शितलनिवासमा रहेका बग्रेल्ती सल्लाहकारले त्यो जिम्मेवारीको बोध गराउन सक्नु पर्दथ्यो । सल्लाहकारले पनि विर्सिए भन्ने हो भो वरिष्ठ पत्रकार राजेन्द्र दाहाल प्रेस सल्लाहकारको भूम्मिकामा छन् । स्वकीय सचिव ललितबहादुर बस्नेत पेशाले अधिवक्ता हुन् । त्यति मात्रै होईन, सरकारले राष्ट्रपति कार्यालयको प्रशासनिक जिम्मेवारी÷कामकारबाहीलाई सहज बनाउन सचिवको नेतृत्वमा निजामती संयन्त्र परिचालन गरेको छ । विशिष्ठ स्तरको सेवासुविधा सहित कानुनी, राजनीतिक, परराष्ट्र लगायत पृष्ठ भूमीका व्यक्तिहरु नियुक्त गरिएका छन् । थुप्रै अवैतनिक सल्लाहकारको भूमिकामा छन् । राष्ट्रपति यादव र नेपालको राष्ट्रपति कार्यालयसँग प्रत्यक्ष\परोक्ष रुपमा जोडिएका उनीहरुको भूमिका सरकारी सेवासुविधा र पारिश्रमिक पचाउने त पक्कै होईन होला । अनि दायित्व र जिम्मेवारी बोध अन्तर्मनबाटै आउनुपर्छ । दायित्व र जिम्मेवारी के हो भन्ने कुरा वर्सिए की भन्ने हो भने पूर्वराजा ज्ञानेन्द्र शाह भन्दा राष्ट्रपति यादवको शासनकाल धेरै भईसकेको छ । संकक्रमणकालिन राजनीतिक व्यवस्थामा कसैलाई त्यति धेरै लाभ मिलेको छ भने उनै राष्ट्रपति यादव हुन् । पूर्वराजा ज्ञानेन्द्रको शासनसत्ता ६ वर्षसम्म रह्यो । तर राष्ट्रपति यादव बेलैमा संविधान नबनेका कारण पनि उनको कार्यकाल ज्ञानेन्द्रको भन्दा बढी भईसक्यो । उनले शितल निवासमै ७ वर्ष विताईसके । विनासकारी भूकम्पले उनको कार्यकाल अझै पर धकेलिदिएको छ । तर, पद र प्रतिष्ठा जति नै बढेपनि विपत्तिमा नेपाली नागरिकका सारथी बन्न बाट उनी चुकेकै हुन् । अब आउने उनको सहानुभूति र सवमेदनाको कुनै अर्थ र मूल्य हुने छैन ।

0 Comments