मातृका दाहाल
काठमाडौं, २३ जेठ
अवैध सुन र स्रोत नखुलेको करोडौं मुद्रासहित पक्राउ परेका तस्करहरूलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ ।
दसी÷प्रमाणसहित संगठित अपराध मुद्दा चलाउन नेपाल प्रहरीले पेस गरेको अभियोजनपत्रलाई ‘वस्तुनिष्ठ र आवश्यक प्रमाण नपुगेको’ दाबी गर्दै काठमाडौं सरकारी वकिलको कार्यालयले सुन तस्कर, व्यापारी र तस्करीको सुन बोक्ने भरिया गरी १३ अभियुक्तलाई उन्मुक्ति दिएको हो ।
संगठित अपराध मुद्दा लगाउन प्रहरीले वैशाख ९ गते सरकारी वकिलको कार्यालयमा राय÷सुझावसहित अभियोजनपत्र पेस गरेको थियो । त्यसको ११ दिनपछि वैशाख २० गते प्रहरीको अनुसन्धान तथ्यपरक नभएको जिकिर गर्दै कार्यालयले आरोपितमाथि लगाइएको अभियोजन फिर्ता लिएको व्योहरासहित पत्र पठाएको हो ।
विशेष अदालतका पूर्वअध्यक्ष (मुख्यन्यायाधीश) गौरीबहादुर कार्की प्रमाणसहित पक्राउ परेका अभियुक्तमाथिको अभियोजन फिर्ता लिइएको पाइए महान्यायाधिवक्ताले हस्तक्षेप गर्नुपर्ने बताउँछन् । “अवैध सुन कारोबार संगठित अपराध हो, यस्तो अपराधमा संलग्नलाई कसैले उन्मुक्ति दिन खोज्छ भने त्यसलाई मानवजातिकै विरुद्ध गरिएको अपराधका रूपमा लिइन्छ,” उनी भन्छन्, “सरकारी वकिलको कार्यालयले नियतवश त्रुटि गरेको भेटिए तत्काल महान्यायाधिवक्ताले त्यस्ता कर्मचारीलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्छ ।”
कार्कीका अनुसार कानुनतः सरकारी वकिलको कार्यालयले प्रमाण नपुगे सुझावसहितको निर्देशन दिएर अभियोगपत्र बलियो बनाउनमात्रै सक्छ ।
विनाशकारी भूकम्पपछि सरकारी संयन्त्रको ध्यान खोज÷उद्धार तथा राहत वितरणमा केन्द्रित भएको बेला यो निर्णय आएपछि प्रहरीहरू नै आश्चर्यमा परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीबाट पक्राउ परेका सुन व्यापारी, भरिया तथा विचौलियाविरुद्ध अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भनिरहँदा राजस्व अनुसन्धान विभागले आरोपितबाट बरामद गरिएको करोडौं मुद्रा र अवैध सुनचाँदी जफत गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले डीएसपी दिनेशकुमार आचार्यको नेतृत्वमा झन्डै डेढ महिना लगाएर अनुसन्धान गरेको थियो ।
प्रहरी स्रोतका अनुसार व्यवसायीको आवरणमा चीनबाट नेपाल र भारतमा सुन तस्करी गर्दै आएका सावरमल जोधानी, बालकृष्ण अग्रवाल ‘बीके’ आकाशकुमार बज्राचार्यसहित लगानीकर्ता, विचौलिया, भरियालगायतविरुद्ध संगठित अपराध निवारण ऐन ०७० को दफा ५ र ८ अन्तर्गतको कसुरमा संलग्न्नता देखाइएको छ । तर, सरकारी वकिलको कार्यालयले प्रहरीको उक्त अभियोजनपत्र ‘वस्तुनिष्ठ’ र ‘तथ्यपरक’ भन्दा बाहिर रहेको भन्दै संगठित अपराध मुद्दा चलाउन आवश्यक नपर्ने रायसहित फिर्ता पठाएको छ ।
प्रहरीले आरोपित सबैलाई ऐनको दफा ५ र ८ अनुसारको कसुरमा परिच्छेद ९ अनुसारको कारबाहीको मागसहित अभियोगपत्र पेस गरेको थियो । दफा ५ मा आपराधिक समूह सञ्चालन गर्न नहुने उल्लेख छ भने दफा ८ मा आपराधिक गतिविधिबाट लाभ लिन नहुने व्यवस्था छ । यो अभियोगमा संलग्नता पुष्टि भए दफा ५ अनुसार अवैध सामान जफत, ५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था छ । त्यस्तै, दफा ८ अनुसारको कसुर देखिए थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।
प्रहरी उच्च अधिकारीहरू सरकारी वकिलको कार्यालयबाट भएको निर्णय ‘आर्थिक प्रभाव’सँग जोडिएको आशंका गर्छन् । “तथ्य र प्रमाणसहित पक्राउ परेका अभियुक्तलाई प्रमाण पुगेन भनेर मुद्दा नचलाइनुले अपराधी जोगाउने गम्भीर योजना हुन सक्ने सम्भावनालाई बलियो पारेको छ,” नाम उल्लेख नगर्ने सर्तमा प्रहरीका एक अधिकारीले भने, “अवैध सुन कारोबारबाट आर्जन भएको सम्पत्ति आतंकवाद, लागूऔषध, हतियार कारोबार, विदेशी मुद्रा अपचलनलगायत संगठित अपराध सञ्चालनमा समेत प्रयोग हुन सक्ने स्थिति छ, हामीले यति धेरै तथ्यसहित अभियुक्तविरुद्ध मुद्दा पठाउँदा सरकारी वकिलकै कार्यालयबाट प्रमाण नपुगेको जिकिर गरिनुमा गम्भीर शंका उब्जाएको छ ।”
प्रहरीले माघ २५ गते राजधानीका ४ सुनचाँदी पसलमा छापा मारी ६ जनालाई पक्राउ गरेको थियो । सुन करिब ६ किलो, काँचो चाँदी ५६ किलो १७१ ग्राम, ४ करोड ७४ लाख ६२ हजार २३० रुपैयाँ, १ लाख ९९ हजार ४ सय भारु, ४६ सय चिनियाँ युआनसहित न्युरोड टेबहालमा बालाजी एन्ड सन्स सञ्चालन गर्दै आएका भारतीय नागरिक बालु जगन्नाथ धाङ्गे (४८) र दार्जिलिङ थाना स्थायी घर भई बौद्धमा मामन स्टोर्सका सञ्चालक नरेश अग्रवाल (५२), ‘द युनाइटेड गोल्ड मार्ट’का सञ्चालक आकाशकुमार बज्राचार्य (५३), संगम ज्वेलर्सका सञ्चालक रमेश खड्का र मोरङका शिवराज श्रेष्ठ पक्राउ परेका थिए ।
त्यसपछि खासाबाट तातोपानी हुँदै काठमाडौंसम्म सुन ल्याउने भरियाहरू प्रवीण तिमल्सिना, देउता तिमल्सिना, ध्र्रुव तिमल्सिना, रामराज चौधरी, नन्दकिशोर चौधरी, सत्यनारायण चौधरीलाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको थियो । खासादेखि काठमाडौंका सुन व्यापारीसम्म विचौलियाको भूमिकामा रहेका आरोपितहरू जयराज भट्ट, मिलन तामाङ र विशाल चौधरी अझै फरार छन् । देउता र प्रवीण माघ पहिलो साता भक्तपुरबाट ४ किलो अवैध सुनसहित पक्राउ परेका थिए । उनीहरू खासाबाट तातोपानी हुँदै मोटरसाइकल, जिप÷कारमा फल्स बटम र जुत्ताभित्र लुकाएर काठमाडौंसम्म ल्याउने भरिया हुन् । उनीहरूले खासाबाट प्रतिकिलो ३० देखि ५० हजार रुपैयाँसम्म रकम लिएर अवैध सुन बोक्दै आएको बयान दिएका छन् । उनीहरूको बयानका आधारमा तस्करीका मुख्य २ अभियुक्त बालकृष्ण अग्रवाल र आकाश बज्राचार्यलाई पनि प्रहरीले यही अवधिमा पक्राउ गरेको थियो ।
अग्रवाललाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । तस्करीको सुन लगानी गर्ने अर्का मुख्य अभियुक्त सावरमल जोधानी फरार छन् । नेपाल र भारतका सुरक्षाकर्मी उनको खोजीमा सक्रिय छन् । तस्करीका मुख्य नाइके र भरियाबीच सम्पर्क व्यक्तिका रूपमा सक्रिय ४ ‘विचौलिया’ मध्ये १ जना काठमाडौंबाटै पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले सुन तस्करीविरुद्ध खासा–नेपाल–भारतसम्म फैलिएको जालोसम्म पुग्न ‘अपरेसन अक्टोपस’ सञ्चालन गरेका थिए ।
क–कसले पाए उन्मुक्ति ?
नागेन्द्र भोटे ‘नागा’ खासाबाट सुन पठाउने व्यक्ति (फरार)
सावरमल जोधानी तस्करीका मुख्य योजनाकार (फरार)
बालकृष्ण अग्रवाल ‘बीके’ तस्करीका मुख्य योजनाकार
आकाशकुमार बज्राचार्य सुन मगाउने
श्रीराम चौधरी नगेन्द्र भोटे–तस्करबीच सम्पर्क व्यक्ति
मोहन चौधरी नागेन्द्रबाट सुन ल्याएर व्यापारीलाई दिने
विशाल चौधरी श्रीराम चौधरीको अनुपस्थितिमा काम गर्ने
प्रवीण तिमल्सिना खासाबाट नेपालसम्म सुन बोक्ने भरिया
देउता तिमल्सिना ””
ध्र्रुव तिमल्सिना ””
रामराज चौधरी ””
नन्दकिशोर चौधरी ””
सत्यनारायण चौधरी ””
मिलन चौधरी बालकृष्ण अग्रवालका कामदार

0 Comments