अयाेधी अायाेग, निर्वाचन र अाचारसंहिताकाे धज्जी

मातृका दाहाल
निर्वाचन अायाेग शेरबहादुर देउवा सरकारकाे रवरस्टाम्प मात्रै बनेकाे छ, यसका तथ्यहरू प्रशस्तै छन । नियम र कानुनकाे धज्जी उडाइएकाे छ । अागामी संघ र प्रदेशकाे चुनाव प्रभावित बनाउन २ नम्बर प्रदेशका स्थानीय चुनावकाे मुखमा अाचारसंहिता धज्जी उडाउँदै जिल्ला न्यायधीशहरूकाे सरूवा भएकाे छ। चुनावकाे मुखमा राप्रपा फुटाएकाे कलंक बाेकेका शेरबहादुर देउवाकाे शती गएझै कानुनी प्रक्रिया नपुर्याइ नयाँ पार्टी गठन गर्न अनुमति दिएकाे कलंककाे टिका अयाेधी यादवले लगाएका छन । अाफैले प्रकृया पुगेकाे छैन, सही भेरीफाइ अावश्यक छ भनेकाे अायाेग किन पछि निरीह बयाे दलदर्ता अघि बढाउने विषयमा ? अाचारसंहिता उल्लंघन गर्दै मन्त्रीपरिषद विस्तार गरिएकाे छ । संविधानले सीमित सदस्य ताेकाे मन्त्रीपरिषद इतिहाँसकै बाेझिलाे र ठूलाे पारिएकाे छ त्याे पनि अाचारसंहिता लत्याएर । सत्ताधारीकाे मात्रै अायाेग हाे ? कानुनतः प्रतिपक्षी दल संवैधानिक हैसियतकाे छायाँ सरकार हाे । उसकाे अावाज किन सुनुवाइ भएन ? अरूकाे साथसहयाेग, समर्थन र सदभाव अायाेगलाइ चाहिदैन ? चुनावमा प्रधानमन्त्री देखी मन्त्रीहरूसम्म खुलेअाम चुनाव प्रचारप्रसारमा जाँदा निरीह यादव कमजाेरमाथी मात्रै कानुनी कारबाहीकाे चेतावनी दिन बाध्य छन । सत्ताकाे दुरूपयाेगमा अायाेग सरकारकाे रवरस्टाम्प बनेकाे सबेलाइ छर्लंग छ।
दलीय भागवण्डामा नियुक्ति पाएका अायाेगका अध्यक्ष तथा सदस्यकाे नियत त्यही दलकाे स्वार्थ अनुकूल काम गर्ने दखिएकाे छ । गाडी खरिद गर्न नदिएकाे झाेकमा सचिव सरूवा गर्ने अायाेगले अरूलाइ पाठ सिकाउनु कति न्याय र तर्कसंगत ? त्यसैले अायाेग सरकारबाट नियन्त्रित र त्यही अनुसार परिचालित संयनत्र बन्नु अाम नेपाली र अागामी चुनावका लागि पनि विडम्बना र दुखद हाे । अयाेधी प्रसाद यादव यसका निरीह पात्र बनेका छन । यदि पदीय लाेलुपता छैन भने गल्ती गर्ने दलका सबै नेताकार्यकर्तालाइ कारबाही गरेर देखाउँनुस, तपाइकाे निष्पक्षता र तटस्थताकाे परिभाषा त्यसबेला मात्रै प्रमाणित हुने छ । हाेइन भने निर्वाचन अायाेग निर्वाचन अायाेग नभइ सरकारकाे नियन्त्रित र निशेधित अायाेगकाे रूपमा भाेलीका दिनमा स्थापित हुने छ । र अाम मानिसले भन्ने छन तत्कालिन शाही शासनका बेला भएकाे नगर निर्वाचन भन्दा पनि गएगुज्रिएकाे हैसियतमा तपाइ (अयाेधी प्रसाद यादव)काे नाम दर्ज हुने छ । याे कलंककाे टीका नलगाउनुस। नबाेक्नुस, भाेलीका दिनमा पनि सेवा गर्ने हैसियतमा तपाइले अाफूलाइ अघि बढाउनुस, प्रदेश नम्बर २ काे कानिनी धज्जी उडाइएकाे अाचारसंहिता जस्ताे भद्रगाेल व्यवस्थापन नहाेस । तपाइकाे नेतृत्वकाे अायाेगले यसकाे ख्याल गराेस । शुभकामना ।
(नाेटः मैले यसमा समाबेस गरेका विषय र प्रसंगले मानहानी वा अाचारसंहिता विपरित भए क्षमायाचना गर्दछु)

Post a Comment

0 Comments