चरेश तस्करीमा विप्लवका कार्यकर्ता

काठमाडौं, २० माघ
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता १ करोड रुपैयाँ बराबरको प्रतिवन्धित लागूऔषध चरेश सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गजुरी (धादिङ)बाट खटिएको प्रहरीले विप्लव समूहका ४ जना कार्यकर्तालाई १ सय ७० केजी चरेश सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चरेशको प्रतिवन्धित बजारमूल्य ४० हजार देखि ६० हजार रुपैयाँ सम्म पर्छ । 
चरेश कारोबारीसँग रकम असुल्न पुगेका विप्लवका कार्यकर्ताले  मागेजति पैसा नपाएपछि वीरगञ्ज हुँदै भारत तर्फ लैजान लागिएको उक्त चरेश जफत गरेका थिए । पक्राउ पर्ने विप्लवका कार्यकर्ताहरुमा गल्छी गा.पा.वडा नं.५ रयले बस्ने वर्ष २६ को श्याम बहादुर तामाङ र सोही स्थान बस्ने वर्ष ३१ को बिनोद तामाङ तथा सोही गाउपालिका–६ का नवराज तामाङ तथा गजुरी गाउँपालिका–८ का ३० वर्षीय देवबहादुर तामाङ छन् । १८ गते राती पृथ्वी राजमार्गको जरेखेत र पोखरेखोला बीचको जंगलमा तैनाथ प्रहरीले ट्रक खानतलासी गर्दा उक्त चरेश सहित अभियुक्तहरु पक्राउ परेका हुन् । प्रहरीले ना ३ ख ४३२४ नम्बरको ट्रक पनि बरामद गरेको छ । प्रहरीले बा ३३ प ७०२५ र बा ३६ प ४५६५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीले चरेश बोकेको ट्रकका चालक हेटौंडा उपमहनगरपालिका–१० का रामकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।  पक्राउ पर्ने चारैजना तामाङ विप्लव माओवादीका कार्यकर्ता हुन् । त्यसमध्ये नवराज तामाङ नेकपा माओवादी धादिङका अर्थ विभाग प्रमुख रहेको पाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सञ्जय तिमल्सिनाका अनुसार गिरोहले उक्त चरेश वीरगञ्ज हुँदै भारत तर्फ लैजाने तयारीमा थियो । तर गोप्य सूचनाका आधारम इन्स्पेक्टर सहितको प्रहरी टोली उत्तः चरेश बरामद गर्न सफल भएको हो । इन्स्पेक्टर तिमल्सिनाका अनुसार विप्लवका कार्यकर्ताले चरेश तस्करसँग पैसा मागेको र प्रस्ताव गरे अनुसार रकमनपाएपछि आफैले जफत गरेको हुनसक्ने बताए । तर पक्राउ परेका आरोपितले भने तस्करबाट बरामद चरेश प्रहरीलाई बुझाउने तयारी गरिरहेको बेला प्रहरीले नै अफूहरुलाई नियन्त्रणमा लिएको दावी गरेका छन् । इन्स्पेक्टर तिमल्सिनाले उक्त चरेश कारोबारीका मूख्य नाइकेकोको पचिान भइसकेको बताए । “चरेश तस्करको पहिचान भइसकेको छ, छिट्टै अभियुक्तलाई कानुनी दायरामा ल्याउँछौं ।” उनले भने,  फरार अभियुक्तका केही मतियारको पनि पहिचान भइसकेको उनले बताए ।

Post a Comment

0 Comments