अायमेली अान्दाेलनलार्इ अराजक’ र ‘उपद्रो’ समूह पनि भनियाेः बैरागी काँइला (विशेष अन्तर्वार्ता)

नेपाली भाषा–साहित्य तथा प्राज्ञिक क्षेत्रमा बैरागी काईला (तिलविक्रम नेम्वाङ)को स्थान उच्च छ । ५ दशक वढि समय नेपाली साहित्यको विकासमा अनवरत लागि पर्दै आएका बरिष्ठ कवि काईला चर्चित नेपाली साहित्यिक धार ‘आयमेली आन्दोलन अर्थात तेस्रो आयाम’का प्रवर्तक मध्येका एक हुन् । ‘विसं २०२० सालमा इन्द्रबहादुर राई, ईश्वर वल्लभ र काँइलाको सामुहिक नेतृत्वमा सुरु भएको साहित्यिक आन्दोलन ‘आयमेली धार’ आधुनिक नेपाली साहित्यमा सशक्त रुपमा स्थापित बन्न पुग्यो । साहित्यलाई बस्तुगत र निरपेक्ष रुपमा हेर्न दरुचाउँने नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कूलपति समेत रहेका ७५ वर्र्षीय काईला अझैपनि नेपाली साहित्यलाई मलजल गर्न उत्तीकै सक्रिय छन् । काँइलासँग नेपाली भाषा–साहित्य र नेपाली साहित्यमा ‘तेस्रो आयम’को औचित्यकाबारे गरिएकाे कुराकानी
बैरागी काँइला (तिलविक्रम नेम्वाङ) 
वरिष्ठ साहित्यकार

नेपाली साहित्यमा कसरी प्रवेश गर्नुभयो ?

तत्कालीन समयमा केही गरौँ, नौलो कुरा समाजमा देखाउँ भन्ने अरुलाई जस्तै हामीलाई पनि हुन्थ्यो । साहित्य बाहेक मनोरञ्जन, आर्थिक गतिविधि, समय कटाउने अरु माध्यम केही थिएन । भाषा÷साहित्य–कला, संस्कृति नै राजमार्ग÷गोरेटोको रुपमा अघि बढेको थियो ।
हामीलाई पनि त्यसको प्रभाव प¥यो । म पाँचथरको मान्छे । विद्यार्थी जीवन इलाममा स्कुल पढियो । त्यही बेलादेखी नै साहित्यमा आवद्ध भईयो । मलाई अहिलेपनि याद छ, सन् १९५४ (विसं २०११)देखी मेरो साहित्यिक यात्रा सुरु भएको हो ।

नेपाली साहित्यको चर्चित धार ‘तेस्रो आयाम’ (२०२०) को अवधारण कसरी ल्याउनु भयो ?

हामी तीनजना (इन्द्रबहादुर राई, ईश्वर बल्लभ र वैरागी काईला)ले नया धार लिएर अघि बढौं भन्ने सोच बनायौं । सापेक्ष दृिष्टकोणले हुदैन ।  सम्पूर्णतामा समग्रता खोज्नुपर्छ, जीवनको एक पक्षिय विश्लेषण मात्र होइन यो बहु पक्षीय, बहुरुपमा केलाउनु पर्छ त्यो साहित्यमा पनि हो भनेर नै यसको स्थापन र शुरुवात हुन गएको हो । अरुले खनेकै बाटो हिड्ने हो भने हाम्रो पहिचान पनि त उनीहरुभन्दा फरक रहँदैन नि भन्ने सोच हामीमा पलायो । कि अरुले बनाएकै धारमा हाम्रो पनि साहित्यिक यात्रा सुरु गर्नुप¥यो । अझ त्यसलाई जितेर एक कदम अघि बढ्न सक्नुप¥यो, हैन भने हामी त कुन कुनामा विलाउँछौं, नयाँ शील्प, शैलीको विकास नगरी अर्को बाटो हिड्न सकिदैन भन्ने बुझाई रहयो । त्यसैको परिणाम भन्नुपर्छ ‘तेस्रो आयम’ अर्थात ‘आयमेली आन्दोलन’को सुरुवात ।

आयमेली आन्दोलनलाई त्यतिवेला ‘अराजक धार’ भनेर टिप्पणी गरिएको थियो भनिन्छ नि ?

हामी हिडेको बाटो, हाम्रो यात्रा, हाम्रो सोच, चिन्तन, मनन र बुझाई त्यतिवेला चल्दै आएको धार र बाटो भन्दा नितान्त भिन्न थियो । भिन्न बाटो असहज पनि थियो, कतिपयले त हामीलाई ‘अराजक’, ‘उपद्रो’, ‘उल्याहा’ र ‘विशृङखलतावादी’ पनि भने । तर, त्यस्तो आरोप लगाउँनेले लगाउँदै गए । हाम्रो सोच वृहद दार्शनिक थियो । हामीले हरेक विषयलाई एकपक्षीय रुपबाट मात्रै हेरिनु हुँदैन, बस्तुगत र निरपेक्षतामूखि हेराई आवश्यक छ भनेर अघि बढ्यौं । लेखकले लेख्ने, पाठकले लेखककै बुझाइलाई जबर्जस्ती ग्रहण गर्नुपर्ने बाध्यता हुनुहुँदैन, जीवन÷जगतलाई सबै कोणबाट बुझ्न आवश्यक छ भन्ने हाम्रो ‘मिसन’ बन्यो । पूर्वीय  दर्शनमा अध्ययन गर्ने  इन्द्रबहादुर राइले लीलालेखन मार्फत आयमेलीलाई चिनाउनुभयो । हरेक मान्छेले कुनै पनि कुरा आफू अनुकुल देखेर व्याख्या गर्दछ । त्यो हो समग्रताको बुझाई । कसैमाथी जबर्जस्ती लाद्ने प्रवृत्ति गलत हो । ‘मैले अन्धा मान्छे र हात्ती’  कवितामा लेखेको छु, त्यो कवितामा ६ जना मान्छेले हात्तीलाई छाम्दा फरक फरक तरिकाले  हातीलाई बुझेका छन् । उनीहरुको फरक बुझाइनै  पूर्णता हो ।  कसैले हात्तीलाई  थाम बुझे, कसैले घर, आदि जसरी वुझ्यो त्यो उसको सत्य हो ।

आफू स्थापित हुन त्यतिवेलाको साहित्यिक धार विरुद्ध विद्रोह नै गर्नुभयो भन्दा गलत हुन्छ कि सही ?

साहित्यकारले जसरी लेख्छ, पाठकले त्यसरी नै अर्थ बुझनुपर्छ भन्ने सोच विरुद्ध हामी लागेका थियौं । तर, साहित्यमा त्यो हैन रहेछ ।  गलत रैछ ।  अव त ‘टेक्स’ को अर्थ वा विश्लेषण पाठकले ग्रहण  गरेको अधारमा पनि हुँदो रहेछ यसर्थ विभिन्न पाठकले कसरी बुझछन् त्यसरी नै त्यसको अर्थ बन्नुपर्छ । लोग्ने स्वास्नीको झगडा परालको आगो देख्ने हाम्रो समाजको बुझाई गलत छ । लोग्नेस्वास्नीको झगडाले उग्र रुप पनि लिनसक्छ । आत्महत्या, पारपाचुके, कहिले नजोडिने कलह पनि हुनसक्छ । समग्रतामा त्यतिवेलाको साहित्यिक धार भन्दा हामी फरक रुपले अघि बढ्यौं । अझ खुलस्त रुपमा भन्दा राज्यमा सबै बर्ग÷जात, धर्म, समुदायको पहुँच स्थापना होस भनेर यो धार जन्मिएको हो । ‘विभेदमा परेका बर्ग÷समुदायको पहुँच राज्यका हरेक निकायमा हुनुपर्छ’, हामीले त्यतिवेलै यो मुद्धा उठाएका हौं । हाम्रो आान्दोलन सुरु हँुदा विश्वमा उपनिवेशवाद विरुद्ध आन्दोलन चर्कदै थियो । हामी पनि साहित्यको माध्यमबाट स्वतन्त्रताको कुरा बोकेर अघि बढ्यौं । विश्व भरिनै एकल साम्राज्य बा एकै विचारले, एउटै शक्तिले, बुझाइले हुदैन । यहि सर्वोपरिका विरुद्ध  आवाज हाम्रो पनि हो । अर्थ एकपक्ष्ीाय हुने, समाजिक रुपान्तरण एकदृष्टिले मात्र हेर्ने देखियो, एकजाती, एक भेषलाई जबर्जस्ती लादियो । यसले राष्ट्रलाइ ै  कहिले सम्म झुट सत्य  देखाउँछ । यसर्थ सानसाना विचारको पनि महत्व छ भन्ने आयमेली आन्दोलनको सोचाई बन्यो ।

साहित्यिक सक्रियता ५ दशक अघि र अहिले उस्तै छ, तर नयाँ कृतिहरुचाही आएनन् नि तपाइका, किन होला ?

यो कुरा पनि ‘६ जना अन्धा’ले हात्ती छामेको कथा जस्तै भयो । मलाइ एक पाटोबाट मात्रै बुझियो । मलाई जुन भाषा (नेपाली)ले, जुन भाषामा लेखिएको कविताले चिनायो, त्यसैले नै मलाई सम्मान, प्रतिष्ठा, ईज्जत दिलायो । मेरो अभिव्यक्तिको माध्यमपनि नेपाली नै हो । तर, मेरो जीवनको अर्को पक्षलाई कसैलेपनि बुझ्ने कोशिष गरेनन् । म कवि मात्रै होईन । कविता लेख्ने बाहेक पनि मेरो सक्रियता अरु पक्षमा पनि छ । निवन्ध लेखे । पौराणीक आख्यान, मिथक, मुन्धुम, लोक बार्ता, लिम्वु साहित्यको बारेमा त्यहाँको मिथकका बारे मैले अफ्नो मातृभाषामा बढि ध्यान केन्द्रित गरेको छु । मैले लोकबार्ता लिम्बुमा ‘पनिकिव’ लेखिरहेको छु । यता पनि बुझ्नु प¥यो । १०÷१२ वटा किताव लेखिसकेको छु । तर, त्यसले राष्ट्रिय रुप पाउन सकेन । मैले सक्नेकुरा र जान्नेकुरामा मात्रै हो हात हाल्ने । बाँदरको कथा छ नि, सबैमा हात हाल्यो, कुनैमा पनि सफलता पाउन नसक्ने । त्यो तिर म जान सकिन । जानेबुझेकामा मात्रै लागे । एक रुपमा मात्र काँइलालाई हेर्ने होइन । उसको जीवनको अरु पाटा पनि छन् केवल कविता लेखन मात्र त होइन नी । तेस्रो अयाममा मात्र बुझन भएन । नेपाली साहित्यले लिम्वु को रुपमा अनुसन्धान कर्ता को रुपमा पनि बुझ्नु  प¥यो । विसं २०३० देखि यो पक्षका बारेमा अध्ययन गरिरहेछु  लिम्बु मिथमका अध्ययन÷अनुसन्धान भईरहेको छ । कतिपय कृतिहरु लिम्वुभाषासंस्कृतिसँग सम्वन्धित भएपनि भाषा त ९० प्रतिशत नेपाली मै आएको छ । तर, त्यसको चर्चा हुँदैन । उही ५० वर्ष अघिको कवि मात्रै भएको छु म ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा ४ वर्षे कार्यकाल कूलपतिको हैसियतमा बिताएपछिको जीवनचर्या कसरी वितिरहेको छ ।
हिजोआज त म प्रविधिमूखी पो भएको छु त । ईमेल÷इन्टरनेट चलाउँन सिक्दै छु । सामाजिक सञ्जाल फेसबुकसँग अलमलिन थालेको छु । नेपाली टाईप र ‘नेपाली युनिकोड’ पनि सिक्दैछु । थोत्रा पाण्डुलिपी÷ पुराना कागजलाई कम्युटरमा टाईप गर्न थालेको छु । काम लाग्ने नेपाली साहित्यकारका चिठी पत्र भेटदै छु । लिम्बु पत्रिका कहिले कहाँबाट छापीएछ भनेर इतिहास खोज्दै छु । बाहुनले गर्दा मातृभाषा मा¥यो भन्छन्, त्यो होईन है, कुरा यसो हो भनेर फेबुकमा भन्छु । कालोपाटीमा अक्षर सिकेको जमाना अव रहेन, सकेपनि नसकेपनि प्रविधिले हामीलाई छोपिसकेछ । फेसबुकमा लिम्बु समुदायमा साथीहरु थुप्रै रहेछन् । त्यसमा आफनै मातृभाषा÷संस्कृति, नेवाङ÷लिम्वु खोज्दै छ । तिनिहरुको इतिहास विषय अध्ययन कुरा गर्दै फेसबुकमा सोध्दै साथी बनाउदै छु । तर धेरैले फेसबुकलाई दुरुपयोग गरेको, एकअर्कालाई घोच÷पेच गरेको अलि मन पर्दैन ।

प्रज्ञाप्रतिष्ठानमा रहँदा भाषा÷साहित्यको विकासमा के के काम भए त ?

म प्रशासक त होइन । एकैपटक सबै समस्या समाधान गर्ने जादुको छडी हामीमा थिएन । तर, सवैको सल्लाह र सामुहिक भावनामा केन्द्रीत भएर सुधारका प्रयास भए । एकेडेमीले भाषा विज्ञान समाज शास्त्र, राजनीति शास्त्र, दर्शन, इतिहास सवैलाई समेट्नुपर्ने हुन्छ । हामीले सकेसम्म सबै विषयलाई समेट्ने प्रयास ग¥यौं । ‘नेपाली  मातृ भाषा साहित्य’ लगायत विभाग पनि खोल्यौं । अन्तर्राष्ट्रिय भाषा दिवस फेव्रुअरी २१ को दिन पारेर मातृ भाषाको  कविता महत्सव मनाउने निर्णय ग¥यौं । यो महोत्सव मनाउन थालेको ३ वर्ष भईसक्यौ । समाज अध्ययन र जीवन्त कृतिहरुको जीवन्ततालाई नितरन्तरता दिन ३५ जना स्रष्टाहरुको कृति पुर्नप्रकाशन ग¥यौं । नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्न चीनसँग पुरानो नाता÷सम्बन्ध भएकोले ‘चाइना फेडेरेसन अफ आर्टस’सँग पनि रिन्यु ग¥यौं । भारतसँग सम्बन्ध रहेनछ अहिले सम्म । हामीले  एकेडेमीसँग पनि आदानप्रदान  डेलिगकेसन शुरु ग¥यौ । साहित्यलाई उता (भारत)को यता र यता (नेपाल)को उता लगेर कृति प्रकाशन गर्न थाल्यौं । यताको उता, उताको यता गर्दा हामीलाई नै फाईदा पुग्यो । नेपाली कृति भारतमा प्रकाशित गर्दा २६ भाषामा हुँदो रहेछ । तर, हाम्रो आर्थिक क्षमता त्यत्रो नभएकोले नेपालीमा मात्रै उनीहरु (भारतीय साहित्यकार)का कृति प्रकाशित ग¥यौं । धेरै नेपाली ग्रीन कार्ड  लिएर बसेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)सँग साहित्यको विकासमा के गर्न सकिन्छ भनेर कुराकानी ग¥यौं । लाइवेरी निर्माणमा प्रविधिजन्य बस्तु सहयोग गर्ने एनआरएनले प्रतिवद्धता जनाइसकेको छ । भारतीय  रादुतावासले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पुस्तकालय (भवन) बनाउन करिव ५ करोड रुपैयाँ उपलव्ध गराउने सम्झौता ग¥यो । एकेडेमी परिसर (कमलादी)मा नै भवन बन्दै छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक÷साहित्यक कार्यक्रम गर्न विभिन्न कमिटि नै बनायौं । यसले ‘प्रवासी साहित्य (डायस्पोरा)लाई थप सशक्त बनाउँन मद्दत पुग्ने छ । नेपाल सवै नेपाली भाषा–भाषीको साझा थलो हो भन्ने ठानेर सवै भाषालाइ समेटन पहल गरियो । नेवारी मैथली लिम्वु आादि  मा पत्रिका निकाल्न थाल्यौ ।  अहिले पनि सकृयता उस्तै छ ।

तपाईको कार्यकालमा हुन नसकेका कामहरु के के छन् नि ?

गर्न नपाएका, नसकेका काम त थुप्रै छन् । पर्याप्त साधन÷स्रोतको कमीले आधुनिक नेपाली साहित्यकारहरुका कृति पुनमुद्रण गर्न सकिएन पुराना साहित्यकार महत्वपूर्ण कितावको पुन मुद्रण  गर्न किएन । हाम्रो काम छाप्ने, अनुसन्धान गर्ने हो तर विक्री वितरण प्रभावकारी हुँननसक्दा प्रज्ञाप्रतिष्ठानले बजारमा ल्याएका कृतिहरुको प्रचारप्रसार राम्रो छैन , यसलाई सशसक्त बनाउन सकिएन । पाठकको पहुँचसम्म हामी सहज रुपमा पुग्न सकेनौं । यसलाई नयाँ ढंगमा सोच्न सकिएन । साझाको पनि आफनै समस्या छन । उसले पनि आफ्नै पौरखले बाच्नु पर्ने समस्याबाट गुज्रिरहेको छ ।
बुढ्यौलीमा पनि तपाईको जोश–जाँगर त उस्तै छ नि ?

माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी लगायतलाई हेर्ने हो भने त मलाई के बुढ्यौली लाग्यो भन्नु । म त रोगले बुढ्यौली जस्तो भएँ । माधव घिमिरे र सत्यमोहन जोशी अहिले पनि ठमठम हिड्नु हुन्छ, मकै ग¥यामग¥याम खानु हुन्छ । खानपिनमा बार्नुहुन्न । तैपनि सकि नसकी म पनि आफूलाई सक्रियता चाही बनाइरहेको छु ।
नयाँ सोच बनाउनु भएको छ अगामी दिनमा ?
मैलेअघि पनि भनेको थिएँ नि, पुराना लेखनकलालाई नविकरण गर्ने, मकाएका दस्तावेज, लेखरचनालाई कम्प्युटराइज गर्ने, छाप्ने, सेयर गर्ने नै सोच हो । त्यसबाहेक २–४ वटा कविता पनि लेखौंला भन्ने लागेको छ । स्वास्थ्यले कति साथ दिन्छ । समयले कसरी डोहो¥याउँछ ? जाँगर कति चल्छ ? त्यसमा भर पर्छ । समयानुसार  विविधकुरा खोज्दै छु ।
साहित्यिक जीवनबाट कति सन्तुष्ट हुनुहुन्छ ?
पूरै सन्तुष्टि छु भनौं भने धेरै अधुरा सपना पनि छन् । सन्तुष्ट छैन भनौं भने अरुलाई दोष कसरी दिउँ ? आफ्नै बानीले नियमित हुन सकिएन । रुटिङमा चल्न सक्दिन । व्यवस्थित गर्न खोज्दाखोज्दै समयले पनि नेटो काट्न लाग्यो । यतिका वर्ष यो क्षेत्रमा लामगेर पनि राम्रो काम गर्न सकिन कि भन्ने बोध चाही भइरहन्छ ।

कला–साहित्यमा आवद्ध युवा पुस्ताले तपाइबाट के प्रेरणा लिन सक्छन् ?

म अर्ति दिन हैसियतको व्यक्ति÷मान्छे होइन भन्छु । म जस्तो नहुनु है भन्छु म त ।  जे पनि छानेर गर्ने, तौलिएर गर्ने काम नगर्नु है भन्छु ।  जस्तै अचेल डाक्टरले नखानु भन्ने लिष्ट लामो छ । त्यो पनि नखानु, यो पनि नखानु रे । डाक्टरले नखानु भनेको लिष्ट अनुसार दैनिकी गुजारा गर्दा म १४ किलो घटेछु । साहित्यमा पनि मेरो जीन्दगी तौलदातौलदै गएजस्तो लाग्छ । सुरुमा लेख्यो, त्यो भएन, अर्को लेख्यो त्यो पनि भएन, चित्त नबुझ्ने बितिक्कै च्यातेर फ्याँकियो । फाल्दाफाल्दै, छान्दाछान्दै लेख्न पो सकिन कि जस्तो भान हुन्छ कहिलेकाही । ज्यादै सेलेक्टेड भएछु । ग्वाम ग्वाम खानु, जेजे आउछ लेख्नु । लेखेर भएन कि भनेर नफाल्नु । तर, लेखेको कुराले पाठकलाई प्रभाव परोस । खाएको कुराले ज्यान मोटाओस । स्वस्थ रहोस । भनेको कुराले अरुलाई प्रभाव पार्न सकियोस । मन जित्न सकियोस । त्यो पो हो त जीन्दगी । सानो काम भएपनि गर्नु, सानो विषय भए पनि कृति लेख्न नछाड्नु, ठूलो मात्रै  सोचेर समय खेर नफाल्नु भन्ने सुझाव हो नयाँपीढिलाई । म  ज्यादा सेलेक्टेड हुन खोजेछु । साहित्यकारले यहि समाजमा उभिएर लेख्ने हो । यहि समाजको चित्रणलाई साहित्यका माध्यमबाट ऐना देखाउने हो । साहित्यकार देखिनु पर्छ । उभिनुपर्छ यहि समाजमा । पाठकको मन छुने किसमका कृति आउनुपर्छ । 
                                      (याे अन्तर्वार्ता २०७० सालमा काराेबार दैनिकमा प्रकाशित भएकाे हाे )

Post a Comment

0 Comments