वरियताक्रममा विदेशी राजदूत भन्दा अाइजीपी पछाडी

मातृका दाहाल, काठमाडाैं, १९ माघ

सरकारले हालै सार्वजनिक गरेको राष्ट्रका पदाधिकारी तथा कर्मचारीको मर्यादा निर्धारणमा पनि विभेद देखिएको छ । एकात्मक मुलुक हुँदाके मर्यादा निर्धारणलार्इ संसोधन गर्दै तयार पारिएको नयाँ विवरणमा पनि कतिपय कर्मचारीको हैसियतलार्इ खुम्च्याइएको छ ।  गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका प्रमुख प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र अनुसन्धान विभागका प्रमुखहरू  सरकारी सेवाका अन्य विशिष्ठ श्रेणीका कर्मचारीको मर्यादाक्रमभन्दा तल राखिएको छ । त्यतिमात्रै होइन, नेपाल स्थित विदेशी राजदूत भन्दा पनि अइजीपीहरूको मर्यादाक्रम तल पारिएको छ ।


जबकी अाइजीपी यसअघि सचिवको मर्यादाक्रमँगै हुन्थे । नयाँ मर्यादाक्रममा राष्ट्रपति देखि नेपाली सेनाका सहायक सेनानी सुम्म २७ तहमा मर्यादा क्रम निर्धारण गरिएके छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख/राष्ट्रिय सभाका अध्यक्ष र पूर्वराष्ट्रपति/उपप्रधानमन्त्रीलार्इ क्रमशः १ देखि ६ नम्बर सम्म राखिएको छ । 

प्रदेश प्रमुख, केन्द्रीयमन्त्री, मूख्यमन्त्री विपक्षी दलको नेता, उपसभामुख लगायत ७ नम्बरमा परेका छन् भने  मूख्यसचिव र प्रधानसेनापित ९ नम्बरमा अटाएका छन् ।  सचिव लगायत विशिष्ठ श्रेणीका कर्मचारी र नेपाल स्थित विभिन्न मुलुकमा राजदूतहरू ११ र  गृह अन्तर्गतका सुरक्षा निकायका प्रमुख  १२ नम्बरमा परेका छन् । अन्य पदाधिकारी तथा कर्मचारी के कुन वरियतामा परेका छन् ? हेर्नुहोस विस्तृतमा ।
२७ तहमा विभाजित नयाँ मर्यादाक्रम-को कुन मर्यादाक्रममा 
१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीश
५. प्रतिनिधिसभाको सभामुखराष्ट्रिय सभाको अध्यक्ष
६. पूर्वराष्ट्रपतिउपप्रधानमन्त्री
७. प्रदेश प्रमुखसंघीय सरकारको मन्त्रीप्रतिनिधिसभाको विपक्षी दलको नेताराष्ट्रिय सभाको विपक्षी दलका नेतापूर्वउपराष्ट्रपतिपूर्वप्रधानमन्त्रीमन्त्रिपरिषद्का पूर्वअध्यक्षपूर्वप्रधानन्या
याधीशप्रतिनिधिसभाका उपसभामुखराष्ट्रिय सभाका उपाध्यक्षप्रदेश सरकारका मुख्यमन्त्रीव्यवस्थापिकासंसद्का पूर्वसभामुखसंविधानसभाका पूर्वअध्यक्षप्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष
८. राज्यमन्त्रीप्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्षराष्ट्रिय योजना आयोगका उपाध्यक्षसर्वोच्च अदालतका न्यायाधीशन्यायपरिषद्का सदस्यसंवैधानिक निकायका प्रमुखमहान्यायाधिवक्तासहायकमन्त्रीप्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यपूर्वउपप्रधानमन्त्री
९. संवैधानिक निकायका सदस्य तथा आयुक्तनेपाल सरकारका मुख्यसचिवप्रधानसेनापतिसंघीय संसद्का महासचिवसर्वोच्च अदालतका मुख्य रजिस्ट्रारउच्च अदालतका मुख्य न्यायाधीशनेपाल राष्ट्र बैंकका गभर्नरप्रज्ञा प्रतिष्ठानका कुलपतिविश्वविद्यालयका उपकुलपति।
१०. प्रदेश सभाका सभामुखप्रदेश सरकारका मन्त्रीराष्ट्रिय योजना आयोगका सदस्य ।
११. नेपाल सरकारका सचिवनेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतसर्वोच्च अदालतका रजिष्ट्रारनायब महान्यायाधिवक्ताउपमहालेखापरीक्षकप्रदेश सरकारका प्रमुख सचिवप्रज्ञा प्रतिष्ठानका उपकुलपतिविश्वविद्यालयका प्राध्यापकनेपालस्थित विदेशी राजदूतसार्कका महासचिवनेपाली राजदूत ।
१२. रथीप्रहरी महानिरीक्षकसशस्त्र प्रहरी महानिरीक्षकमुख्य अनुसन्धान निर्देशक ९राष्ट्रिय अनुसन्धान विभाग०नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक ।
१३. प्रदेश सभाका उपसभामुखप्रदेश सरकारका राज्यमन्त्रीप्रदेश सभाका विभिन्न समितिका सभापतिउच्च अदालतका न्यायाधीशप्रदेश लोकसेवा आयोगका अध्यक्षमुख्य न्यायाधिवक्तापूर्वमन्त्री ।
१४. प्रदेश सरकारका सहायकमन्त्रीप्रदेश सभा सदस्य ।
१५. महानगरपालिकाका प्रमुखपूर्वराज्यमन्त्रीपूर्वसहायकमन्त्रीसंविधानसभा(व्यवस्थापिका संसद (प्रतिनिधिसभा(राष्ट्रिय सभाका पूर्वसदस्य ।
१६ उपरथीप्रहरी अतिरिक्त महानिरीक्षकसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ।
१७. जिल्ला समन्वय समितिका प्रमुखप्रदेश लोकसेवा आयोगका सदस्यप्रदेश न्यायसेवा आयोगका सदस्य
१८. उपमहानगरपालिकाका प्रमुखमहानगरपालिकाका उपप्रमुखनेपाल सरकारका सहसचिवमहानिर्देशकउपमहानिर्देशकराजपत्रांकित प्रथम श्रेणीका अधिकृतप्रदेश सरकारका सचिवजिल्ला न्यायाधीशविश्वविद्यालयका सहप्राध्यापक ।
१९. सहायक रथीप्रहरी नायब महानिरीक्षकसशस्त्र प्रहरी नायब महानिरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशकप्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतस्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत ।
२०. नगरपालिकाका प्रमुखउपमहानगरपालिकाक
ा उपप्रमुखनेपालस्थित विदेशी कन्सुलर जनरलनेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख ।
२१. गाउँपालिकाका अध्यक्षनगरपालिकाका उपप्रमुखमहासेनानीप्रहरी वरिष्ठ उपरीक्षकसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ।
२२. नेपाल सरकारका उपसचिवनिर्देशकनेपाल सरकारका राजपत्रांकित द्वितीय क्षेणीका अधिकृतप्रमुख सेनानीप्रहरी उपरीक्षकसशस्त्र प्रहरी उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशकविश्वविद्यालयका उपप्राध्यापकगाउँपालिकाका उपाध्यक्ष ।
२३. सेनानीप्रहरी नायव उपरीक्षकसशस्त्र प्रहरी नायब उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ।
२४. सहसेनानीनेपाल सरकारका शाखा अधिकृतराजपत्रांकित तृतीय श्रेणीका अधिकृतविश्वविद्यायका सहायक प्राध्यापक
२५. उपसेनानीप्रहरी निरीक्षकसशस्त्र प्रहरी निरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ।
२६. प्रदेश सरकारका शाखा अधिकृतस्थानीय तहका शाखा अधिकृतप्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत ।
२७. सहायक सेनानी ।



Post a Comment

0 Comments