काठमाडौं परिसर माथी महाशाखाको इन्काउन्टर ?


  • मातृका दाहाल


साउन २० गते काडाघारीबाट अपहरणमा परेका ११ वर्षीय किशोर निसान खड्काको भक्तपुरको ठिमीमा हत्या भयो । अपहरणको सूचना पाउने वितिक्कै प्रहरी संयन्त्र वालक शकुसल छुटाउन र अपहरणकारीलाई कानुनी दायरामा ल्याउन जोडतोडका साथ खटियो पनि । तर परिस्थितिले प्रहरीलाई साथ दिएन । वालक जीवीतै उद्धार गर्ने प्रहरी प्रयास सफल भएन ।
अपहरणकारीले वालकको हत्या गर्न भ्यायो । प्रहरीको दावी मान्ने हो भने अपहरणमा परेकै दिन राती वालकको हत्या गरेर फरार हुने क्रममा २१ गते २ अपहरणकारी अजय तामाङ र गोपाल तामाङ पनि प्रहरी इन्काउन्टरमा मारिए । मारिएका दुई अपहरणकारी इन्काउन्टरमा परे वा एकोहोरो फाइरिङको सिकार बने । त्यो अनुसन्धानको विषय हो । छानविन गर्नेनगर्ने काम सरकार कै होला । तर वालकको अपहरणपछि भएको हत्या र इन्काउन्टरको नालीवेलीमा यतिबेला महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौं बीच निकै नै छेड हाना हान भएको छ ।
एकले अर्कालाई दोष देखाउँदै तैँले सघाएको भए म वालकको जीवीतै उद्धार गर्न सक्थेँ भन्ने आसयका गतिविधि महाशाखाबाट देखिनु र मेरो क्षेत्राधिकारभित्रको काममा तैँलै प्रश्न उठाउन पाउँदैनस् भन्ने परिसरको आसयबीच वालक हत्या र २ अपहरणकारीको इन्काउन्टर (?????) विषय दुई निकायका दुई हाकिमको व्यक्तिगत टसलमा गएर ठोकिएको छ ।
हुन पनि परिसर प्रमुख एसएसपी विश्वराज पोखरेल र महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंह २०४९ सालमा एकै दिन सेवा प्रवेश गरेका अधिकारी मात्रै होइनन्, भाग्यले साथ दिए दुइमध्ये एकजना त प्रहरी महानिरीक्षक नै हुने लाइनमा छन् ।अगाडी नदेखिएपनि बढुवामा एसएसपी पाेखरेल अगाडी अाएकाे विषय स्वभाविक रूपमा प्रतिस्पर्धीलार्इ पाच्य कुरा पनि हुँदैन । बाेल्दा दुवै अधिकृतकाे मुस्कान सारै नै लाेभलाग्दाे छ । तर व्यवहारमा त्याे टिक्न सक्याेसकेन सम्वन्धित व्यक्तिले नै जान्ने कुरा हाे । संस्कृतमा भनिएकाे छ, 'बर्जयेता दृश्यम् मित्रम् विषकुम्भम् पयाेमुखम'  अर्थात अाबरणामा मित्र व्यवहार देखाउँने र पर्दापछाडी पानी भरिएकाे गाग्राे (कुम्भ)मा विष हालिदिने मित्रकाे व्यवहार। संस्त्यकृतकाे याे हरफले भनेजस्तै इन्काउन्टरकाे असर यी दुवैजना अधिकृतमा पनि लागू त भएन ?  स्पष्टै देखियो । अझ गम्भीर र अति संवेदनशील विषय त महाशाखाकै एक अधिकृतले एसएसपी पोखरेलले गरेको भनिएको अपहरणकारी नियन्त्रणमा लिने प्रयोजनको एसएमएस नै मिडियामा लिक गराइदिएको दावी छ । यदि त्यस्तो काम महाखाशाका अधिकृतले गराएको हो भने उनीबाट संगठनले त्यतिधेरै अपेक्षा नगरे हुन्छ । र मौका परस्त यस्ता प्रहरीबाट संगठनले सधै धोका मात्रै पाउँने छ ।
स्वभाविक रुपमा अनुसन्धानमा त्रुटी वा कमीकमजोरी हुनसक्छन् । आम मासमा इन्काउन्टर ‘फेक’ हो वा ‘रियल’ भन्ने वहस सतहमा आएपछि इन्काउन्टरको दोषबाट मूक्त हुन त एसएमएस लिक गराएर दोषको भागीदार अरुलाई पन्छाउँन खोजिएको होइन ? यो पनि प्रश्न उब्जिनु स्वभाविक हो । तर बच्चा जाेगाउन नसक्नुमा एसएसपी पाेखरेलकाे एसएमएसलार्इ मूख्य कारण ठानिएकाे हाे भनेपनि त्याे मूर्खता बाहेक अरू हुँनै सक्तैन । यिद इन्काउन्टर कान्ड छानविन नै भयाे भने पनि एसएमएस हाेइन, इन्काउन्टरकाे विषय हाे छानविन हुने । सही मनसायले गरेका काममा कमीकमजाेरी भयाे भने पनि अदालतले  यसलार्इ दाेषकाे भागीदार बनाउँदैन । तर फेक इन्काउन्टरलार्इ त सही मनसाय भन्न मिल्दैन नि । 
अझ यो विषय आइजीपी प्रकरणको तुस समेत हुनसक्छ । किन कि एसएमएस लिक गर्ने एक अमुक अधिकृत नै आइजीपी कान्डसँग पनि बारम्बार जोडिएका हुन् रे । एसएमएस लिक कान्डले महाशाखा र परिसरबीचको तिक्ततालाई पनि वल पु¥याइदिएको छ । किन की इन्काउन्टरबारे आम मानिसमा भ्रम थिएन, इन्काउन्टर फेक थिएन र अपहरणकारी साँच्चै पेसेवर गुन्डा वा पेसेवर क्रिमिनल नै थिए भने एसएमएस लिक त के, इन्काउन्टरको इतिश्रीबारे पत्रकार सम्मेलन नै गरेर महाशाखाले आफू माथी हुनेगरी कहाँनी सुनाउँने थियो । तर परिस्थितिले आफूले गरेको गल्तीमा अरुलाई दोष बोकाएर उम्कने प्रयास महाशाखाका केही अधिकृतबाट हुनु प्रहरी परिसर काठमाडौंमाथी महाशाखाको ‘फेक इन्काउन्टर’ भन्न मुख चपाइरहनु पर्दैन । 

Post a Comment

0 Comments