अब सामुहिक डीएनए परीक्षण ?!?!

  • मातृका दाहाल


कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको वलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बिति सकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस । हत्याका प्रमाण र नामनिसाना पनि केही पनि भेटिएका छैनन् । सरकार यही वलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथी नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त याे केसमा  सरकारमै भएका मन्त्रीका छोरामाथी यो संगीन आरोप तेर्साइसकेका छन् ।
जसको सरकारले कुनै जवाफ वा प्रतिक्रिया दिएकनो छैन । प्रतिपक्षीले सरकारमाथी आलोचना गर्ने गतिलो मसला पनि पाएको छ । हत्यारा पत्ता लगाउँन माग गर्दै देशब्यापी बनाइएको आन्दोलनको पर्चापम्प्लेटिङमा सरकारी नियन्त्रण बढ्दो छ । हत्यारा पत्ता लागाउँनु भन्दा हत्यारा पत्ता लगाउन माग गर्दै थालिएका आन्दोलन मत्थर पार्न प्रहरी प्रशासन अझ भनौं सरकारलाई हम्मे हम्मे पर्न थालिसकेको छ । बुधबारमात्रै हत्या आरोपमै काठमाडौंबाटै कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । उनको हालत पनि बम दिदिबहिनिकै जस्तो नहोला भन्न सकिदैन । झनै अर्को डरलाग्दो पक्ष निर्मला पन्तको विषयलाई आधार बनाएर धर्मपरिवर्तनका हिमायतीहरु विदेशी मुद्राको खेलमा उद्यत बनी नै सकेका छन् । निर्मलाको हत्या भएकै दिनको अघिल्लो र पछिल्लो ३ दिन काठमाडौंबाट महेन्द्रनगर जाने कुनैपनि हवाइयात्रुको विवरण गायव बनाइनुको पनि रहस्य झनै संदीग्ध छ । भीडको कानुन यति शक्तिशाली वन्दै छ कि, चाहेर पनि प्रहरी त्यसलाई अस्वीकार गर्न नै नसक्ने स्थितिमा पुगेको  छ ।
विश्वमै अपराध अनुसन्धानमा अब्बल ठहरिएको प्रहरी निकम्मा जस्तै छ । मानौ हिजोआज प्रहरी रावणकै सेना (फौज) भन्दा फरक देखिदैन । प्रविधि र स्रोतसाधनमा पनि फड्को मार्दै गरेको प्रहरी  प्रहरी भीडले जे जे भन्यो, त्यसैको पछि दौडिरहेको छ ।
निर्मलाको ‘भेजिनल स्वाब’ बाहेक अपराध कर्ममा संलग्न व्यक्ति वा गिरोह भेटिए भनेपनि तथ्य नाप्ने प्रमाण अरु केही पनि छैन । तथ्य र प्रमाण नभेटिकन २ प्रहरी अधिकृत केही व्यक्तिको ‘फेस सेभिङको’को शिकार बनिसकेका छन् । भीडकै मागको यौटा ज्वलन्त उदाहारण बन्यो २ प्रहरी अधिकृतको निर्मला पन्त काण्डमा बर्खास्तगी । तरपनि अभियुक्तको पहिचान किन हुँन सकेको छैन ? हुँदा हुँदा पछिल्लो समय भीडकै मागको यौटा अंश, सरकार सञ्चालनका शक्तिशाली व्यक्तिकै छोरातिर पनि यौटा तिर सोझिएको छ । कतै निर्मला...........??????? आखिर भीडकै यौटा मागले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तगीमा परे । अनि भीडकै अर्को माग शक्तिशाली व्यक्तिका छोरामाथी तेर्सिएको प्रश्नमा किन प्रहरी प्रशासन मौन छ ? कि भीडको आदेश मान्नै भएन, पहिल्यै मानिसकेपछि एक्सन लिन नपर्ने भन्ने हुन्छ र ? अव त भीडको भन्दा पनि एक कदम अघि सरेर शंका लागेजति सबैलाई टुंडीखेलको मैदानमा लाइन लगाएर डीएनए परीक्षण किन नगर्ने ? गृहमन्त्री ज्यू, हिजो एक, दुई, तीन, वा चारजनामाथी शंका गर्न सकिन्थ्यो । त्यही शंकाका आधारमा डीएनए परीक्षण पनि भयो, तर अनज त्यो शंका हजारौंमा पुग्न लागिसक्यो ।
तपाइ मातहत रहेको प्रहरी प्रशासनका केही अधिकृतहरु बर्खास्तगीमै पर्दापनि किन हत्यारा पत्ता लागेनन् ? किन हत्यारा यति धेरै शक्तिशाली बने ? किन भीड र प्रतिपक्षले तपाई र प्रहरी प्रमुखको राजीनामा माग गरिरहेको छ ? जस्लाई मन लाग्यो उसैलाई पक्राउ गरेर छानविन गर्नुपर्ने बाध्यता कसका कारणले आइप¥यो ? अव यो घटनाको छिनोफानो गर्ने विकल्प आइजीपी वा गृहमन्त्रीसँग धेरै छैनन् ।
किन कि आज यौटा, भोली अर्कै, पर्सी अर्कै अभिव्यक्ति कानुन हातमा लिएर बसेकाबाट आइरहेका छन् । त्यसैले अव निर्मला पन्तका हत्यारा पत्ता लगाउँन कञ्चनपुर जिल्लाका मात्रै होइन, शंका लागेका हजारौंलाई टुंडीखेलमा लाइन लगाएर सामुहिक डीएनए परीक्षण गरौं । सुरुवात आफैबाट गरेर कानुनतः म निर्दोष छु भन्ने प्र्माण पेश सरकारमै भएका व्यक्तिबाट होस ।

Post a Comment

0 Comments